वडावासीको आवश्यक्ताअनुसार योजनाहरु ल्याएका छौंः अध्यक्ष घिसिङ
२४ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्लामा अवस्थित वैतेश्वर गाउँपालिका वडा नं. २ का श्याम कुमार तमाङ घिसिङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुनः निर्वाचित हुनुभयो । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुहुन्थ्यो ।
पछिल्लो समय दोलखा जिल्ला स्थीत वैतेश्वर गाउँपालिका वडा नं.२ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष घिसिङ अहोरात्र खटिरहनु भएको छ ।
वैतेश्वर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष घिसिङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।
पछिल्लो समय वडा नम्बर २ मा वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।
उहाँ स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै अघिल्लो कार्यकालमा अधुरा रहेका विकास निर्माणका कामहरुलाई निरन्तरता दिदैँ आउनुभएको छ ।
वडा अध्यक्ष घिसिङले भन्नुभयो, “हामीले गत वर्षको वार्षिक बजेट अनुसार योजनाहरु बनाएर उपभोक्ता समितीहरु गठन गरेर योजनाहरूको कामहरु तीव्र गतिमा अघि बढाइरहेका छौँ ।”
वडामा शिक्षा र कृषिलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष घिसिङले भन्नुभयो, “हामीले वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार शिक्षालाई स्तर उन्नतीका साथै शिक्षालाई गुणस्तर बनाउन बजेट विनीयोजन गरेका छौँ ।”
उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै किसानहरुलाई अनुदान दिइएको बताउनुभयो ।
उहाँ अघिल्लो कार्यकालमा निर्वाचित भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष घिसिङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई विकास तर्फ लैजाने लक्ष्य लिएको छु ।”
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







