स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै अध्यक्ष भोलन
८ माघ, काठमाडाैं । घ्याङलेख गाउँपालिका बाग्मती प्रदेश अन्तर्गत सिन्धुली जिल्लामा रहेका ९ वटा स्थानीय तह मध्ये २ वटा नगरपालिका र ७ वटा गाउँपालिका अन्तर्गत घ्याङलेख गाउँपालीका पनि पर्दछ । यस गाउँपालिकाको जम्मा घरधुरी २४५७ रहेका छन् भने जम्मा जनसंख्या १३७६१ रहेको छ् ।
घ्याङलेख गाउँपालिका सिन्धुली जिल्लाको ५० वटा साविकको गा.वि.स. हरू मध्ये साविकका गा.वि.स. हरू अमले, वस्तिपुर, तामाजोर, नेत्रकाली र शान्तेश्वरी गा.वि.स. हरूलाई समायोजन गरी घ्याङलेख गाउँपालिका गठन गरिएको हो । संघीय संरचनाअनुसार यो गाउँपालिकामा ५ वटा वडा रहेका छन् ।
गत वैशाखको स्थानीय तह निर्वाचनमा रोशन कुमार भोलन घ्याङलेख गाउँपालिका वडा नम्बर २ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।
उहाँले भन्नुभयो, ‘ससाना काम जस्तै सडक निमाण, मर्मतको काम सम्पन्नका साथै वाषीक बजेट अनुसार वडामा स्वास्थ्यलाई प्राथमिकतामा राखेर विकास निमार्णका काम भइरहेको छु’ ।
उहाँ भन्नुहुन्छ, प्रत्यक्ष देखीने काम नभएता पनि हामीले खानेपानी, सडक, विद्युत सम्बन्धी समस्याहरुलाई समेटेर योजना बनाएका छौ ।’
त्यसैगरी महिलाको लागी स्थानीय तहबाट लघु उद्यम कार्यक्रम र युवाको लागी खेलकुद रहेको अध्यक्ष भोलनले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘शिक्षा क्षेत्रको लागी आर्थिक रुपमा विपन्न वर्ग र विद्यालय आउन जान नसक्ने असक्त र शिक्षा क्षेत्रबाट वञ्चीत रहेका बालबालीकाको लागी अभिभावक सगँ सल्लाह गरेर कापी, कलम ,वितरण सहित विद्यालयमा ल्याउने कार्यक्रम भईरहेको छ् ।’
कृषीको लागी किसानहरुको समस्यालाई मध्ये नजर गर्दै, सिचाईलाई पनी जोड दिएको उहाँले बताउनुभयो ।
आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई आफ्नो वडालाई सुन्दर र समृद्धिको विकास तर्फ लैजाने लक्ष्य रहेको अध्यक्ष बरालले बताउनुभयो ।







