Share Icon

५ माघ काठमाडाैँ । नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने कैलाली जिल्लाको पुर्बी भागमा पर्ने टीकापुर नगरपालीका महेन्द्र राजमार्ग देखि १४ कि.मि. दक्षिण पट्टि, भारतको सिमाना देखि १४ कि.मि उत्तर तर्फ कर्णाली नदीको पश्चिमि तटमा अवस्थित छ ।

कैलाली जिल्ला टीकापुर नगरपालिका वडा नं २ का दिपक चौधरी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत प्राप्तगरी निर्वाचित जनताले रुचाएका जनताको मन मस्तिष्कमा बस्न सफल अध्यक्ष हुन् । उहाँ वडा र विकास लागी सधैँ तत्पर रहने अध्यक्ष चौधरीले बताउनुभएको छ ।

अध्यक्ष चौधरी भन्नुहुन्छ, “वडा नं २ मा तिनवटा प्रमुख समस्या रहेको छ जसमध्ये पशुपन्छी छाडा चौपाय , लागुपदार्थ दुर्व्यसन र सडक रहेका छन ।”

उहाँले पशुपन्छी छाडा चौपाय जुन आवश्यकता भन्दा बढी घेराबन्दी गर्ने र दानापानी , चरन अपर्याप्त र अव्यवस्थीत रहेको बताउनु भएको छ र यसलाई वडा र संघसंस्था मार्फत नियन्त्रण गर्ने जानकारी दिनु भएको छ ।

उहाँले भन्नुभयो, “वडामा लागू पदार्थ दुर्व्यसन धेरै युवाहरुमा देखिएको छ यसलाई सचेतना मुलक कार्यक्रम, वडा संघसंस्था र प्रहरी प्रशासनमार्फत नियंत्रण गर्ने योजना बनाएका छौँ ।

उहाँले विशेष गरी सडकमा कम्तीमा दुई ओटा सवारी साधन चल्ने गरी सडक निर्माण कार्य सुरु भइसकेको पनि जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो, “ हामीले अशक्त ,अपाङ्ग महिलाहरुलाई तालीम , युवाहरुलाई लागू पदार्थ दुर्व्यसन जस्ता सचेतना मुलक तालीम , कृषि सम्बन्धी तालीम र विशेषगरी कृषकका लागी बाढी पहीरो नियन्त्रणको लागी योजना तथा अध्ययन गरीरहेका छौँ ।

अध्यक्ष दिपक चौधरीले आफ्नो कार्यकाल अवधी भर वडावासीहरुको सम्पुर्ण समस्या सामाधान र विकास योजनाका कामहरु योजनाबद्ध रुपमा अगाडी बढाएर वडालाई नमुना वडा बनाउने लक्ष्य रहेको बताउनुभयो ।

वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ?

मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

Facebook Comments Box

Share Icon