सडक र खानेपानिलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा
३ माघ, काठमाडाैं । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्रीराज थापा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष थापाले बताउनुभयो ।
उहाँ पहिले वडा सदस्यमा रहेर काम गरेको हुनाले अहिले वडा अध्यक्षमा रहेर काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष थापाले बताउनुभयो । वडामा सर्वप्रथम पहिले घरघरमा धारा पुराउँने काम सम्पन्न भएको छ । बाटो सडकको स्तरउन्नतिको लागि कालोपत्रे गर्ने, बाटो चौडा बनाउने, वडाका वस्तीमा बाटो मर्मतको कामहरु भईरहेका छन ।
त्यस्तै गोदावरी नगरपालिकाबाट ललितपुर महानगरपालिका जोड्ने पुलको काम सुरु भईरहेको छ । उहाँले वडा खबरसंग कुरा गर्दै भन्नभयो,बाटो सडक र खानेपानिलाई पहिलो प्राथमिकता दिएर विकास निमार्णका कामहरु अगाडि बढाई रहेका छौ ।
त्यस्तै स्वास्थ्य क्षेत्रको लागि प्रत्येक वडामा हप्ताको तिन डाक्टर वडामै बसेर जनताको स्वास्थ्य परिक्षण गरिरहेका छौ र स्वास्थ्य ल्याब राख्नको लागि स्वास्थ्यको भवन निमार्णको लागि पहल गरिरहेका छौ ।
त्यस्तै शिक्षाको क्षेत्रमा सरकारी स्कुलमा पढ्ने विद्यार्थीलाई हिडेर टाढा जानु पर्ने समस्या रहेकोले वडाको तर्फबाट विद्यार्थीलाई आउन जान सहजको लागि केहि सेवा सुविधा पाउन भन्नको लागि भाडामा स्कुल बसको व्यवस्था गरेका छौ । त्यसै गरी महिलाहरुको लागि सिपमुलक तालिमहरुको व्यवस्था गर्ने योजनामा रहेको छ ।
कृषि क्षेत्रमा उन्नत जातका बाख्रा दिने र तरकारीका विउ विजन वितरण गर्ने कार्यक्रमहरु रहेका छ । त्यस्तै वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन, उक्त योजनाहरु सम्पन्न गर्नको लागि वडामा हामी निरन्तर लागि परेका छौ । उहाँले भन्नुभयो, स्रोत साधनले भ्याए सम्म समग्र वडालाई समेट्दै निरन्तर काम अगाडि बढाई रहेका छौ ।
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।मलाई अमुल्य भोट दिए् वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छ







