वडालाई पर्यटक हबकाे रूपमा विकास गर्दै अध्यक्ष चौधरी
२८ पाैष, काठमाडाैँ । नेपालको संविधान २०७२ को नयाँ संरचना अनुसार यस कैलाली जिल्ला स्थित धनगढी उप–महानगरपालिका १९ वटा वडाहरू रहेका छन् ।
गत वैशाखको स्थानीय तह निर्वाचनमा धनगढी उप–महानगरपालिका वडा नम्बर ६ को अध्यक्ष पदमा भागीराम चौधरी निर्वाचित हुनुभएको छ ।
उहाँले भन्नुभयो, “म अघिल्लो कार्यकालमा पनि निर्वाचीत भएको थिए, र मैँले अघिल्लो कार्यकालमा जनताका समस्याहरु समाधानका साथै सुख दुखमा साथ दिँदै आएको छु त्यसैले म पुन. जनताको मन जित्न सफल भएको छु, र म जनताको आशा र विश्वास तोड्ने छैन् ।”
उहाँले स्थानीय तहको निर्वाचन पश्चात अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाका कामहरुलाई निरन्तरता दिँदै वडामा बाट हुने दैनिक सेवाहरुका साथै वडाबासीहरुको समस्याहरुको समाधान गर्दै आउनुभएको छ ।
उहाँले भन्नुभयो, “वडामा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिँदै उपभोक्ता समिति गठन भइरहेको छ, अब हामी चाँडै विकास निर्माण योजनाका कामहरु तीव्र गतिमा अघि बढाउने छौँ ।
हाल वडामा शिक्षा र स्वास्थ्य क्षेत्र लगाएत पर्यटन सम्बन्धी भौतिक संरचना निर्माणका साथै विद्यालयहरुमा भवन र खोलानालामा पुल निर्माणको काम भइरहेको उहाँले बताउनुभयो ।
उहाँले नगरपालिकामार्फत सबै वडालाई पहुँच हुने गरी वडा नं. ७ मा रहेको भवनमा क्यान्सर अस्पताल राख्ने काम सुरु हुन लागेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “मलाई वडामा काम गर्ने उत्साह धेरै छ तर केन्द्रबाट कम बजेट आएको कारण सोचको जस्तो काम हुन सकेकाे छैन् ।”
वडा अध्यक्ष चौधरीले थप्दै भन्नुहुन्छ, “आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई शिक्षा स्वास्थ्य र कृषि लगाएत चौर्तफी विकासमा जोड दिँदै आफ्नो वडालाई पर्यटकमय वडा बनाउने लक्ष्य रहेको बताउनुभयो ।”
अन्त्यमा उहाँले वडा खबरसँग कुरा गर्दै भन्नुभयो ?
मलाई अमुलय भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ का वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







