गुलरिया नगरपालिका वडा नम्बर ९ मा वडा भेला सम्पन्न
काठमाडाैं । आर्थिक वर्ष २०८०/०८१ का योजना छनौट गर्नका लागि बर्दियाकाे गुलरिया नगरपालिकाका वडाहरूमा वडा भेला भइरहेका छन् ।
साेही क्रममा गुलरिया नगरपालिका वडा नम्बर ९ मा वडा भेला सम्पन्न भएकाे छ । वडा अध्यक्ष हरि प्रसाद पासवानकाे अध्यक्षता सम्पन्न भएकाे वडा भेला वडा सचिव केशव ज्ञवालीले सञ्चालन गर्नु भएकाे थियाे ।
वडा अध्यक्ष पासवानले टाेलस्तरबाट छनाेट भई आएका आवश्यक याेजना तथा कार्यक्रमलाई प्राथमिकताकाे आधारमा छनाेट गरी नगरसभामा पेश गर्ने जानकारी दिनुभयाे ।
वडा सदस्य बिनिता देवकाेटाले शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकता दिएर याेजना तथा कार्यक्रम छनाेट गरिएकाे बताउनु भयाे ।
वडा भित्रका विभिन्न टोल बस्ती तथा समुदायमा अति आवस्यक रहेका योजना तथा कार्यक्रमहरुको छनोट र प्राथमिकीकरण गरी योजनाहरुको शिर्षगत टिपोट र राय सल्लाहकाे साथै सुझाव सङ्कलन गरिएकाे वडा सचिव ज्ञवालीले जानकारी दिनुभयाे।
वडा भेलामा जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, सक्रिय राजनितीक दलका प्रतिनिधि, टोल विकास सुधार समितिका प्रतिनिधि, समाज सेवी बुद्दिजिवी, संघ सस्था, सहकारी सस्था, युबा क्लब, बालक्लब, विद्यालयका प्रतिनिधि, महिला समूह, लक्षित समूह, महिला स्वास्थ्य स्वयं सेविका लगायत वडाबासीहरुकाे उपस्थिति रहेकाे थियाे ।









