Share Icon

काठमाडाैं । बर्दियाकाे ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ काे कार्यालयले दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले एक वर्षमा गरेको विकासको कामको जानकारी गराएको छ। २०७९ वैशाख ३० को स्थानीय निर्वाचनबाट कलम बहादुर विष्ट वडा अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ।

वडा नम्बर ७ का वडा अध्यक्ष विष्ट विकास प्रेमी नेताका रुपमा परिचित हुनुहहुन्छ। युवा जोशजाँगरका साथ आफ्नो वडाको समग्र विकासमा अग्रसर हुने वडाअध्यक्ष विष्ट वडाको विकास, समस्या समाधान तथा सेवा प्रवाहमा उतिक्कै निर्पूण हुनुहहुन्छ।

वडा अध्यक्ष विष्टको यही लगनशिलता, दक्षता र कार्यकुशलताले उनी वडाका हरेक गतिविधिमा आफू र आफ्नो टिमलाई खरोरुपमा उतार्ने गर्नुभएकाे छ। वडाको नेतृत्व गरेदेखि केही न केही फरक कार्य गर्दै आएका वडाअध्यक्ष विष्ट वडामा विकास प्रेमी नेताकारुपमा परिचित हुनुहहुन्छ ।

आशन र भाषण भन्दा पनि काम गरेर देखाउने प्रवृति भएकै कारण उहाँले नेतृत्व पाएदेखि वडाको विकासै विकास भएको जोकोहीले देख्न पाउँछ । साेही क्रममा उहाँले दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि एक वर्षमा गरेको विकासको कामका जानकारी गराउनु भएकाे छ।

उहाँको नेतृत्वमा एक वर्षमा वडामा ग्राभेल, नाला व्यवस्थापन, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाई तथा सार्वजनिक सम्पदाको संरक्षण र सौन्दर्यकरणकाे काम भएकाे छ ।

सामाजिक विकास तर्फ पनि वडाले पाइला चालिरहेको छ । सामाजिक विकासका रुपमा वडाले सिप विकासका कार्यक्रमहरु तथा स्वरोजगारका कार्यक्रमहरुलाई प्राथामिकताका साथ अघि बढाएको छ ।

चालु आर्थिक वर्षमा अहिलेसम्म १८ वटा याेजना तथा कार्यक्रम सम्पन्न भएकाे वडा अध्यक्ष विष्टले जानकारी दिनुभयाे । त्यस्तै उहाँले २ वटा याेजना प्रक्रियामा रहेकाे जानकारी दिनुभयाे ।

वडा कार्यालयका अनुसार वन्यजन्तुले कृषिवालीमा नोक्सानी गरेका १२ जना वडावासीलाई राहत वितरण गरिएकाे छ । त्यस्तै वन्यजन्तुले पशुपक्षीकाे ज्यान लिउकाे ४४ जना वडावासीलाई राहत वितरण गरिएकाे वडा अध्यक्ष विष्टले बताउनु भयाे।

त्यसैगरी उहाँले चालु आर्थिक वर्षमा विनियाेजित १ लाख १० हजार बजेटबाट वडा स्तरीय खेलाडी छनौट तथा खेलकुद सामाग्री वितरण गरिएकाे जानकारी दिनुभयाे । त्यस्तै दलित योजना अन्तर्गत विनियोजित ४० हजार रूपैयाँले वडावासीलाई फिल्टर वितरण गरिएकाे वडा अध्यक्ष विष्टले बताउनु भयाे ।

त्यसैगरी विपदबाट पीडितलाई अहिलेसम्म १ लाखभन्दा बढीको राहत वितरण गरिएको उहाँकाे भनाइ छ । उहाँका अनुसार डे केयर सेन्टरको अगाडि ६१ हजार लागतमा ट्रष्ट निर्माण गरिएकाे छ । त्यसैगरी उहाँले शिक्षालाई पनि प्राथमिकता दिएकाे विभिन्न याेजनाहरू सम्पन्न गरिएकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे,’श्री प्रावि कालिगौडीमा माटाे पटान गरिएकाे छ।’

मुक्तकमैया कम्लहरीहरुलाइ आयाआर्जनकोलागी बाख्रा बितरण गर्दै गरेकाे तस्बिर 

साथै उहाँले कृषिलाई लक्षित गरेर वडावासीलाई बाख्रा वितरण गरिएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘मुक्त कमैया कमलहरी योजना अन्तर्गत विनियोजित बजेटबाट आयआर्जनका लागि वडावासीलाई बाख्रा वितरण गरिएकाे हाे।’

फरक क्षमता भएकालाइ न्यानो लुगा बितरण गर्दै गरेकाे तस्बिर 

त्यसैगरी बालविवाह सम्बन्धमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएकाे उहाँले बताउनु भयाे । उहाँले भन्नुभयाे,’अभिभावक र बालबालिकालाई राखेर सचेतनामुलक कार्यक्रम गरिएकाे हाे।’

त्यस्तै वडा अध्यक्ष विष्टले वडामा याे एक वर्षमा विभिन्न टाेलमा बाटाे निर्माण गरिएकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘कालिगौडी सुन्दरपुर मोहनपुर बाटो कालोपत्रे गरिएकाे छ।’ त्यस्तै उहाँले पछिल्लाे एक वर्षमा पर्यटन प्रवर्द्धन पनि विभिन्न कदमहरू चालिएकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे,’ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धार्मिकस्थलमा विशेष ध्यान दिएर कामहरू गरेका छाैँ।’

त्यसैगरी ज्येष्ठ नागरिक र एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्ता वितरणमा वडा कार्यालयले समन्वय गरेकाे उहाँले जानकारी दिनुभयाे ।

Facebook Comments Box

Share Icon