Share Icon

काठमाडाैं । प्युठानकाे माण्डवी गाउँपालिका वडा नम्बर ३ मा सिचाई कुलो निर्माण भइरहेकाे छ ।

वडा अध्यक्ष धिरेन्द्र कार्कीकाे नेतृत्वमा सिचाई कुलो निर्माण भइरहेकाे वडा सचिव माधवा घिमिरेले जानकारी दिनुभयाे ।

वडा अध्यक्ष कार्कीले कृषिलाई प्रथामिकता दिएकाे कारणले सिचाईका लागि कुलो निर्माणमा जाेड दिएकाे बताउनु भयाे ।

कुलो निर्माणमा वडा अध्यक्ष कार्की, सदस्य शरद खत्री, नारायणी अधिकारी र अम्विका वरालीसहित वडावासीले जनश्रमदान गरिरहेका छन् ।

वडा अध्यक्ष कार्कीका अनुसार चालु आर्थिक वर्षकाे विनियाेजित बजेटबाट कुलाे निर्माण भइरहेकाे छ ।

Facebook Comments Box

Share Icon