Share Icon

सुर्खेत । रुकुम पश्चिममा आज बिहान जिप दुर्घटना भएको छ ।

बाँफेकोट गाउँपालिका–८ तोरीधारा मोटे खोला भन्ने ठाउँमा जिप दुर्घटना भएको हो ।

सडकबाट झण्डै चार सय मिटर तल खसेको उक्त जिपमा १० भन्दा बढी मानिस सवार रहेको बताइएको छ ।

दुर्घटनामा परी दुई जनाको घटना स्थलमै मृत्यु भएको छ ।

रुकुम प्रहरीका अनुसार प्रहरी भर्खर मात्र घटनास्थलमा पुगेका कारण घटनाको थप विवरण आउन बाँकी रहेका छ ।

Facebook Comments Box

Share Icon