Share Icon

५ पाैष, काठमाडाैं । बर्दिया जिल्लाको  बार बर्दिया नगरपालिका वडा नम्बर ७ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ ।

पछिल्लो समय वडा नम्बर ७ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडा अध्यक्ष इन्द्र प्रसाद थारुले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएको बताउनु भयो ।

वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाटो सडक, कृषि र भौतिक पुर्वाधार लगायत क्षेत्रमा राम्रो काम भइरहेकाे उहाँले बताउनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएकाे ज्वलन्त उदाहरण बन्नुभएकाे छ वडा अध्यक्ष थारू ।

त्यस्तै वडामा अघिल्ला वर्षका बाँकी याेजनाहरूकाे काम द्रुत गतिमा भइरहकाे उहाँले बताउनु भयाे ।

त्यसैगरी उहाँले वडामा पर्खाल लगाउने काम सम्पन्न भएको बताउनुभयो । त्यसैगरी पहिले वडामा शौचालय नभएको र अहिले पुर्ण रुपमा शौचालयको निमार्ण काम सम्पन्न भएको वडा अध्यक्ष थारुले बताउनुभयो ।

त्यस्तै वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,बाटो सडक,कृषि लगायत २१ वटा योजना रहेको उहाँले बताउनुभयो । त्यसैगरी वडामा अपांगहरुको लागि टुल वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै वडामा स्वास्थ्य भवन निमार्णको भएकाे उहाँले बताउनुभयो । यस वडा मध्यवर्ति क्षेत्र पर्ने भएकोले जनावरले धेरै नोक्सानि गर्ने भएको कारणले जगंलको छेउ छेउमा सेन्सर लाईटको जडान गरेको र जगंलली जनावरबाट बच्नको लागि तार जालि लगाइएकाे उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,’स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेटेर निरन्तर काम अगाडि बढाइएकाे छ।’

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण २ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

Facebook Comments Box

Share Icon