Share Icon

२९ मंसिर, काठमाडौं । जनप्रतिनिधि प्रेम बहादुर थापा क्षेत्री २०७९ सालको स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

बर्दिया जिल्लास्थित बढैयाताल गाउँपालिका वडा नम्बर १ मा उहाँ निर्वाचित हुनु भएकाे हाे । उहाँ निर्वाचित भएर आइसकेपछि विकासका गतिविधिलाई तीव्रता दिनुभएकाे छ ।

उहाँले वडाको चौतर्फी विकास गर्ने उद्देश्यले कार्यक्रम तथा याेजनाहरु ल्याइएकाे बताउनु भयाे । उहाँले अघिल्ला वर्षका बाँकी रहेका पुराना कामलाई गति दिँदै नयाँ योजनाहरुलाई पनि अघि बढाउनु भएकाे छ

वड अध्यक्ष थापा क्षेत्री भने अधिकांश समय जनताको सेवा लागेर दिन बिताउनु हुन्छ ।

उहाँले वडावासीहरुलाई लक्षित गरेर स्वस्थ्य चाैकी निर्माण गरिएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘अघिल्लो स्थानीय सरकारका पालामा शिलन्यास भएको स्वस्थ्य चाैकी र मेरो कार्यकालमा बनेकाे छ, र त्यस चाैकीबाट स्वास्थ्य सेवाका काम सुरु भएकाे छ।’

उहाँले वडालाई नमुना वडा बनाउने याेजनाका साथ कार्यहरु अघि बढाइएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘ वडालाई नमुना वडा बनाउने योजना छ, जसकाे लागि शान्तिपुर रामघाट मान नदि बाकेमा र  मानखोलामा पक्की पुल निर्माण गर्नका लागि बिशेष पहल गरिरहेकाे छु। बाँके र बर्दियाको यातायात सञ्जाल जोडनका लागि यसमा बिषेश जोड दिइरहेकाे उहाँले बताउनु भयाे ।

वर्षेनी आउने बाढीले त्यहाँको सायौँ विगहा जमिन कटान भइसकेको वडाध्यक्ष थाप क्षेत्रीले बताउनुभयो। उहाँले भन्रुभयो, ‘ बाढीबाट कटान र डुवानले हैरान भएका स्थानीयवासीले पटक-पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि दिर्घकालिन रूपमा समस्याको समाधान भएको छैन । जसकारण यहाँका जनता वर्षेनी दु:ख पाइरहेका छन्।’

उहाँले थप्दै भन्नुभयो, ‘संघीय सरकारले हाम्राे माग सुनवाई गरे दिगो रुपमा समस्या समाधान हुन्छ।’  उहाँले याे वडा पूर्वमा बाँकेसँग सिमाना जोडिएको र दक्षिणमा छिमेकी राष्ट्र भारतसँग सिमाना छोएको एकदमै कुनामा परेको वडा रहेकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे, ‘ जसकारण याे वडा हरेक विकास निर्माणका कार्यबाट पछाडि परिरहेकाे हुन्छ।’  वडाध्यक्ष थापा क्षेत्रीले वडालाई हरेक गतिवधिसँग जाेडन  र मानखाेलाकाे समस्याबाट मुक्ति पाउन हरेक काेणबाट कसरत गरिरहेकाे बताउनु भयाे ।

उहाँले भन्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संकल्प हो। म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर र चुनाैती दुवै हो ।’

Facebook Comments Box

Share Icon