Share Icon

काठमाडाै । बारागढी गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले आइतबार आफ्नाे पालिका क्षेत्रमा भैरहेको विकास निमार्ण कार्यहरूकाे स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

वडा नम्बर २ र ५ मा अहिले सडक निर्माणका काम भइरहेकाे गाउँपालिका अध्यक्ष जयसवालले बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘ वडा नम्बर २ मा ४९ लाखमा सडक कालाे पत्रे भइरहेकाे छ र वडा नम्बर ५ मा ५ लाखकाे बजेटमा सडक ग्रावेलकाे काम सम्पन्न भइसकेकाे छ।’

गाउँपालिका अध्यक्ष जयसवालले वडा नम्बर ५ मा सकड ग्रावेलकाे काम सम्पन्न भइसकेकाे जानकारी दिनुभयाे । त्यस्तै वडा नम्बर २ मा सडक कालाे पत्रेकाे काम भइरहेकाे गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी रायले बताउनु भयाे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलेश कुमार मिश्रले वडा नम्बर ५ मा एक किलाे मिटर लामाे ग्रावेल सम्पन्न भइसकेकाे बताउनुभयाे । त्यस्तै उहाँले वडा नम्बर २ मा ७५० मिटर लामाे कालाे पत्रेकाे काम भइरहेकाे जानकारी दिनु भयाे ।

सडक अनुगमनपछि गाउँपालिका अध्यक्ष जयसवालले विकास निर्माणकाे काममा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयाे । उहाँले विकास निर्माणको काम तीव्र गतिमा अघि बढीरहेको उल्लेख गर्दै राम्रो गर्नेलाई काममा सहयोग गर्ने बताउनु भयाे ।

Facebook Comments Box

Share Icon