चिनियाँ युद्धपोतले गोताखोरलाई घाइते बनाएपछि अस्ट्रेलियन प्रधानमन्त्रीले भने : ‘सम्बन्ध बिग्रिनसक्छ’

Share Icon

एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले चिनियाँ युद्धपोतले एक जना अस्ट्रेलियन गोताखोरलाई घाइते बनाएपछि दुई मुलुकबीचको सम्बन्ध बिग्रिनसक्ने चेतावनी दिएका छन् ।

उनले चिनियाँ युद्धपोतले जापानी आर्थिक क्षेत्रको समुद्रमा खतरनाक र अमर्यादित ढंगले गतिविधि गरेको आरोप पनि लगाए।

गत नोभेम्बर १४ मा भएको घटनामा चिनियाँ र अस्ट्रेलियन नौसैनिक पानीजहाज आमने सामने हुँदा अस्ट्रेलियाका एक जना सैनिक गोताखोर घाइते भएका थिए ।

अस्ट्रेलियन नौसैनिक पानीजहाज एचएमएस टुवुम्बाले जापानी समुद्री क्षेत्रमा माछा मार्ने जालहरु हटाइरहेका बेला चिनियाँ नौसैनिक पानीजहाजले खतरनाक गतिविधि सञ्चालन गर्दा एक जना सैन्य गोताखोर घाइते भएका थिए।

घटनापछि स्काई न्यूज अस्ट्रेलियासँगको कुराकानीमा प्रधानमन्त्री अल्बानिजले भने, ‘चिनियाँ नौसैनिक युद्धपोतको त्यो कदम अमर्यादित र असुरक्षित थियो ।’

यता चीनले भने अस्ट्रेलियन प्रधानमन्त्रीको आरोपको खण्डन गर्दै आफ्नो नौसैनिक पानीजहाजले अन्तर्राष्ट्रिय कानूनअनुसार गतिविधि सञ्चालन गरेको जनाएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.