Share Icon

♣ध्रुब कार्की

२८ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने रामेछाप जिल्लामा रहेको सुनापति गाउँपालिका मुलुकमा संघीय शासन व्यवस्था लागु भए पछि वि.सं. २०७३ फागुन २७ गते देखि अस्तित्वमा आएको हो ।

यस गाउँपालिकाको सिमाना पूर्वमा खाँडादेबी गाउँपालिका पश्चिममा चौरीखोला उत्तरमा दोरम्बा गाउँपालिका र दक्षिणमा सुनकोशी नदी पर्दछ ।

सुनापति गाउँपालिका साबिकको पाँच गाउँ विकास समितिहरु गुन्सी, दिमीपोखरी, हिलेदेबी, बेथान र खनियापानी मिलेर बनेको छ । यस गाउँपालिकालाई पाचँ वटा वडामा विभाजन गरीएको छ ।

सुनापति गाउँपालिका स्थित २ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा पदम बहादुर थापा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ पदम बहादुर थापा, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।

उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

सुनापति गाउँपालिका वडा नम्बर २ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष पदम बहादुर थापा ।

वडा अध्यक्ष थापाले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहेको छु ।”

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर २ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

हाल वडामा साठ्ठी प्रतिशत योजना काम सम्पन्न भए सँगै बाँकी रहेका योजनाका कामहरु समेटे्दै निरन्तर वडामा योजनाहरुलाई सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेको उहाँको भनाई छ ।

वडामा शिक्षा र स्वास्थ्यले क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष थापाले बताउनुभयो ।

वडा अध्यक्ष थापाले भन्नुभयो, “हामीले वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन लागी परीरहेका छौँ ।”

त्यसैगरी उहाँले वडामा स्वास्थ्य भवनहरु निर्माण गर्दै स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै किसानहरुलाई किवि, फलफुल तथा च्याउ खेतीमा जोड दिदैँ सिप विकासका कार्यक्रमहरु पनि रहेको जानकारी दिनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गरेर प्रदेश तथा संघको बजेटबाट अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई मर्मत सँगै स्तर उन्नती गरेर व्यवस्थापन गर्ने काम गरीरहेका छौँ ।”

त्यसैगरी वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै वडामा सम्बन्धीत कामहरु भइरहेको अध्यक्ष थापाले बताउनुभयो ।

निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”

उहाँ अघिल्लो कार्यकालमा सदस्य पदमा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

२ नम्बर वडामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगाएत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाएर वडाको विकास गर्दै लगिने वडा नम्बर २ का अध्यक्ष थापाले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन ।

उहाँले भन्नुभयो ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

Facebook Comments Box

Share Icon