Share Icon

♠ हस्ता विष्ट

१९ फागुन,काठमाडाैँ । लमजुङ जिल्लाको राईनास नगरपालिका वडा नंं.१ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा विष्णु प्रसाद पौडेल ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष पौडेल अहोरात्र खटिरहनु भएको छ ।

वडा अध्यक्ष पौडेल भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, तटबन्धन, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष पौडेलले बताउनुभयोे ।
उहाँले भन्नुभयो,  ” वडामा सडकलाई पहिलो प्राथमिकता स्तउन्नति गर्दै ग्राभेल गर्ने, पक्कि नालि, बाटो चौडा गर्ने कामहरु सम्पन्न भएको छ । ”

त्यसै गरी वडामा आमा समुहको लागि सामुदायिक भवनको निमार्ण गर्ने काम सम्पन्न भएको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।

शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडाको पहलबाट वडामा दुई वटा निजि स्रोतको विद्यालयका शिक्षकलाई तलब बापत वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रको मर्मत सम्भार गरेर साथसाथै झयाल ढोका बनाउने काम भईरहेको उहाँको भनाई छ ।

कृषिको क्षेत्रमा मध्यनजर गर्दै मौरी पालनलाई व्यवसायमय बनाउनको लागि वडाबाट मौरीको घारहरु वितरण गर्ने योजनाम रहेको वडा अध्यक्ष पौडेलले प्रष्ट पार्नुभयो ।

वडा अध्यक्ष पौडेल अध्यक्षमा निर्वाचित पश्चात वडा सदस्यमा रहेर काम गर्नुभएको हुनाले अहिले वडा अध्यक्षमा काम गर्न कुनै कठिनाई नभएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्यभोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon