Share Icon

हस्ता विष्ट

११ फागुन,काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं.२९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

पोखरा महानगरपालिका वडा नम्बर २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्नेको कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ, वडा अध्यक्ष श्रीप्रसाद गुरुङ ।

वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, ”  स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य सम्बन्धि जनतालाई सचेतनामुलक बनाउनको लागि टोल टोलमा स्वयमसेवकलाई खटाइएको र टोल टोलमा स्वास्थ्य सिविर सञ्चालन गरेर बिरामीको अवस्था हेरेर सम्बन्धीत ठाउँमा जान सल्ला सुझाव दिएका छौ । ”

त्यसै गरी सडक बाटोको क्षेत्रमा ढलान गर्ने , कुनै ठाउँमा ग्राभेल गर्ने र उज्यालो सडक बत्तिको लागि वडाबाट ८ लाख बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङले जानकारी दिनुभयो । वडालाई स्वच्छ र सफा राख्नको लागि टोल टोलमा सरसफाई अभियान चलाएको उहाँको भनाई छ ।

महिलाहरु लक्षित गर्दै विभिन्न सिपमुलक कार्यक्रमहरु नेतृत्व सिप तालिम, सिुलाई बुनाई तालिम, चुरा बनाउने तालिम र सास्ंकृतिक क्षेत्रलाई जोगाउन विभिन्न बाजा र मादल बनाउने तालिम सञ्चालन गरेर रोजगारीको अवसर सृजना गर्ने योजनामा रहेको वडा अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो ।

त्यसै गरी शिक्षाको क्षेत्रमा आधुनिक शिक्षण प्रणाली ल्याउन वडामा रहेका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट शिक्षण गर्नको लागि वडाबाट विशेष जोड दिएको उहाँले बताउनुभयो ।

कृषिको क्षेत्रमा कृषिलाई प्रर्वधन गर्दै वडाबाट विभिन्न बोट बिरुवाहरु वितरण गरेको र विभिन्न तरकारीहरुको विउँ विजन वितरण गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ”  स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छौ ।  ”त्यसै गरी वडामा साना तिना योजनाहरु धेरै रहेका छन् । उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी सदैब लागि परेको उहाँले बताउनुभयो ।
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर २९ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon