Share Icon

१२ फागुन, काठमाडाैं ।  लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको साविकका बगनाह र नेउलापुर गा.वि. स. लाई समेटेर मिति २०७२ साल आश्विन ०२ मा बबई नगरपालिका स्थापना भएको र पछि शिवपुर र ठाकुरद्वारा गा. वि. स. लाई समेत समेटेर ठाकुरबाबा नगरपालिकाको स्थापना वि.सं. २०७३ साल फाल्गुण २७ मा भएको हो। ठाकुरबाबा नगरपालिकालाई प्रशासनिक रुपमा ९ वटा वडामा विभाजन गरिएको छ ।

बर्दिया जिल्लामा पर्ने यो ठाकुरबाबा नगरपालिकास्थित वडा नम्बर १ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष निमराज खनाल ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर १ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निमराज खनाल निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा १ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा निमराज खनालले बताउनुभयो।

१ नम्बर वडामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानीलाई जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा विकास गर्दै लगिने वडा नम्बर १ का अध्यक्ष खनालले बताउनुभयो।

उहाँले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ ।

उहाँले थप्दै भन्नुभयो, “आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।”

२०७४ सालको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएर वडामा रहेर कामहरू गरेकाे हुनाले पनि वडाका गतिबिधि गर्न सहज र सरल भएको  वडा अध्यक्ष खनालले बताउनुभयाे । वडामा वडा अध्यक्ष खनालले  वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ ।

वडा नम्बर १ वडा अध्यक्ष खनालले भन्नुभयो, ‘हाम्रो वडामा बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन्।’ उहाँले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन ।  यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

वडा नम्बर १ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा बहुमतले जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon