Share Icon

५ फागुन, काठमाडाैँ । कास्की जिल्लाको माछापुच्छ्रे गाँउपालिका वडा नम्बर १ मा अहिले विकास निमार्णका कामहरु तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

वडा अध्यक्ष इन्द्र गुरुङ भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयोे ।

उहाँले भन्नुभयो,  ” बाटो सडकको स्तरउन्नति गर्दै नाली बाटो बनाउने ग्राभेल गर्ने, ढलान गर्ने योजनामा रहेको छ । ”

वडामा विशेष प्राथमिकता स्वास्थ्य र शिक्षालाई राखेर योजनाका काम तीव्र गतीमा भईरहेको उहाँले बताउनुभयो ।

स्वास्थ्यको क्षेत्रमा मध्यनजर गर्दै वडामा स्वास्थ्य चौकीको भवन निमार्णको काम भईरहेको उहाँले बताउनुभयो ।

कृषिको क्षेत्रमा जोड दिदै कृषकलाई तालिमको व्यवस्था गरेको र कृषि फर्म खाल्ने योजनामा रहेको वडा अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

शिक्षाको क्षेत्रमा विद्यालयको भवन मर्मत सम्भार गरेर नयाँ भवन निमार्ण गर्ने काम सम्पन्न भईसकेको उहाँले बताउनुभयोे । त्यस्तै वडामा साना तिना योजनाहरु रहेका छन् । ति योजनाहरु सम्पन्न गर्न हामी अहोरात्र खटिरहेको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर कामहरु अगाडि बढाईरहेको उहाँले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर १ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon