चाैतर्फि विकासमा ध्यान केन्द्रित गर्दै वडा अध्यक्ष बुढा
१२ माघ,काठमाडाैं । नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने भूमे गाउँपालिकामा साविकका महत, काँक्री, मोराबाङ, काँडा, चुनबाङ गरी ५ गा.वि.स.हरु र साविकको रुकुमकोट गा.वि.स.को वडा नं. ४ समेत समावेश भएका छन्।
यस गाउँपालिकाको पूर्वमा बागलुङ जिल्ला, पश्चिममा सिस्ने गाउँपालिका र मुसिकोट नगरपालिका, उत्तरमा पुथा उत्तरगंगा गाउँपालिका तथा दक्षिणमा रोल्पा जिल्ला रहेका छन्।
५ वटा वडा कार्यालयहरु रहेको यस भूमे गाउँपालिकाको केन्द्र भूमे गाउँपालिका वडा नं. २ खाबाङबगरमा रहेको छ ।
भूमे गाउँपालिकामा वडा नम्बर ३ का वडा अध्यक्ष प्रशुराम बुढा मगर स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
पछिल्लो समय वडा नम्बर ३ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष मगरले जानकारी दिनुभयो ।
स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट सम्झौता गरेको जानकारी वडा ३ का अध्यक्ष मगरले बताउनुभयोे ।
अध्यक्ष प्रशुराम बुढा मगरले पहिले सामाजिक सेवामा आबद्ध साथै सानो तिनो व्यवसाय गरिरहेको कुरा उल्लेख गर्नभयो । भएर काम गरेको हुनाले वडाको कतिपय कामहरू गर्न सहज भएको बताउनुुभयो।
हाम्रो वडामा खानेपानिको समस्या रहेको प्रत्यक टोलमा खानेपानी मर्मत तथा पुन निर्माणका काम भईरहेका छ भनेर बताउनुभयो ।
३ नम्बर वडा अध्यक्ष बुढा मगर भन्नुभयाे, ‘वडामा बसेर काम गर्दा चुनौती पनि रहेको छ । तर चुनौतिका बावुजुत हामीले निरन्तर रुपमा लागी परेका छौ । हाम्रो जिम्मेवारी हो ।’
समाज सेवा रोजेको छु समाज सेवामै समर्पित रहने छु । सदैव वडा बासिको हरेक सु:ख, दु:खमा साथ दिनेछु हाम्रो वडामा रहेका हरेक समस्याहरु समाधानका लागि निरन्तर लागि रहने छु अध्यक्ष प्रशुराम बुढा मगरले बताउनुभयो ।
त्यस्तै वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन । उक्त योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नको लागि हामी वडामा अहोरात्र खटिरहेका छौ अध्यक्ष मगरले बताउनुभयो ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।
वडा नम्बर ३ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए् वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु







