स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दैं अध्यक्ष छेवाङ
१० माघ,काठमाडाैं । गोरखा जिल्ला स्थित चुमनुव्री गाउँपालिका वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरेको छ ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष कालेन छेवाङले बताउनुभयो ।
स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,कृषि,बाटो सडक, धार्मिक तथा सांस्कृतिक ,खानेपानि तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याइएका छन ।
पर्यटकीय क्षेत्रलाई जोड दिदै धार्मिक क्षेत्रमा मठ मन्दिर ,गुम्बा बनाउने योजनामा रहेको छ । त्यस्तै वडाको योजनाबाट दुईवटा झोलुङगे पुलको निमार्ण काम सम्पन्न भएको छ ।
त्यसै गरी गुणस्तरीय शिक्षाको लागि वडाको पहलबाट विद्यालयको भवन निमार्णको कामहरु भईरहेको छ ।
स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिदै स्वास्थ्यको भवन बनाउनको लागि बजेटको कमि भएकोले बजेटको माग गर्दै निरन्तर काम अगाडि बढाईरहेका छौ ।
त्यस्तै कृषि क्षेत्रमा जोड दिदै यस वडामा स्याउँ र ओखर खेति धेरै हुने भएकोले कृषिलाई व्यावसायीकरण गर्ने योजनामा राखेका छौं ।
उहाँ पहिले वडा सदस्यमा रहेर काम गरेकोले अहिले वडा अध्यक्षको पदमा रहेर काम गर्न कुनै अप्ठेरो महशुस नभएको जानकारी दिनुभयो ।
उहाँले वडा खबर संग कुरा गर्दै भन्नुभयो, वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन । दुर्गम क्षेत्र भएकोले विकास निमार्णका कामहरु सम्पन्न कठिनाई भएको छ ।
उक्त योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेका छौ । स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छौ ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।
वडा नम्बर ५ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए् वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







