Share Icon

काठमाडाैँ । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले बयानकाे क्रममा सँगै बसेकाे बताएका छन् ।

उनले साबिती बयान दिने क्रममा भनेकाे कुरा एक प्रहरी अधिकृतले उदृत गर्दै भन्नुभयाे, आराेपी सन्दीपले हाेटलमा सँगै बसेकाे स्वीकारेका छन्, तर बलात्कार गरेको आरोप झुटो बताएका छन्।’

सन्दीपले आफु निर्दोष रहेको बयानकाे क्रममा बताएका छन् । सन्दीपले बयानमा भने, ‘म माथि आरोप लगाउनेसँग होटलमा गएको सत्य कुरा हाे, साथै सँगै बसेको पनि सत्य कुरा हाे । तर बलात्कार गरेको भन्ने आरोप झुटो हो। म आरोप लगाउनेकै आग्रहमा होटलमा बसेकाे थिएँ ‘ सन्दीपविरुद्ध प्रहरीले गहन रुपमा अनुसन्धान गरिरहेकाे छ।

काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनीविरुद्धको अनुसन्धान तीव्र रुपमा अगाडि बढाएको छ । गौशालाकै हिरासत कक्षमा अन्य थुनुवासँगै सन्दीपलाई पनि राखिएको ती प्रहरी अधिकृतले बताउनुभयाे ।

उनीविरुद्ध पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौं हाे।

भदौ ५ गते राति सन्दीप पीडित किशोरीसँग सो होटेल काठमाडौं इनमा प्रवेश गरेको फुजेट प्रहरीले फेला पारेको छ । साथै प्रहरील भोलिपल्ट बिहान बाहिरिएको पनि सीसीटीभी फुजेट बरामद गरेपछि उजुरी दर्ता गरेकाे थियाे ।

ती प्रहरी अधिकारीका अनुसार अनुसन्धानकाे क्रममा राति ११ बजे प्रवेश गरेर बिहान ६ः५५ मा होटलबाट किशोरीसँगै सन्दीप बाहिरिएको खुलेकाे छ ।

गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो । जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए । उनले सामाजिक सञ्जालमार्फत आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । पीडित किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।

Facebook Comments Box

Share Icon