जाडाेमा ब्याङकेट पाएपछि वडावासीले भने – हामी हर्षित छाैं, वडा अध्यक्षकाे काम प्रसंशनीय छ
गाेमा विष्ट
४ माघ, काठमाडाैं । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर १ मा न्यानो ब्ल्याङकेट ब्याङकेट वितरण गरिएको छ ।
वडामा रहेका जेष्ठ नगरिक, एकल महिला, अपाङ्ग तथा विपन्न नागरिकलाई न्यानो ब्ल्याङकेट बितरण गरिएको वडा नम्बर १ का अध्यक्ष प्रेम बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयाे।
वडा नम्बर १ मा बसोबास गर्ने जेष्ठ नागरिक अन्तर्गत ७८ वर्षदेखि माथि उमेर समुहका वृद्धवृद्धा बुवा आमाहरुलाई चिसाेबाट बच्न न्यानो ब्ल्याङकेट वितरण गरिएकाे वडा अध्यक्ष थापाले बताउनुभयो।
वडा अध्यक्ष थापाले भन्नुभयो, ‘जेष्ठ नागरिकलाई सम्मान गर्न सकियो भने यो हाम्रो वडाको लागि गर्भको कुरा हो । उहाँहरुको योगदान यो वडाकाे उत्थानकाे लागि धेरै छ।’
उहाँले सरकारी नीतिअनुसार वडा कार्यालयले आफ्नो दायित्व पूरा गरिरहेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे,’सरकारी नीतिअनुसार वडा कार्यालयले बेला बेलामा यस्ता सहयाेगका कार्यक्रम गर्दै आइरहेकाे छ।’
जेष्ठ नगरिक, एकल महिला, अपाङ्ग तथा विपन्न नागरिकलाई पनि स्थानीय सरकारले बेला बेलामा यसरी सम्झिँदा उहाँहरुलाई पनि राहत पुगेकाे वडा अध्यक्ष क्षेत्रीले बताउनु भयाे ।
उहाँले भन्नुभयाे,’जेष्ठ नागरिक हाम्रा लागि भगवान सरह हुन उहाँहरु हाम्रो वडाको अमुल्य गहना हुनुहुन्छ।’
यो चिसोमा उहाँहरुलाई केही राहत मिलोस्भ नेर वडाले सम्मान स्वरुप वडाको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरेर कार्यक्रम गरेको गरेको अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।
वडा नम्बर १ स्थानीय ७९ वर्षीया टिका रोका र ८० वर्षीया कृष्णा कुमारी ठकुरीले संयुक्त रुपमा भन्नुभयो, ‘ हामी याे जाडाेमा न्यानाे ब्लयाङकेट पाउँदा हामी हर्षित भएका छौं। वडा अध्यक्षको काम प्रसंशनीय छ।’
आज वडाका जेष्ठ नागरिक सम्मान कार्यक्रममा अपांग जेष्ठ नागरिक एकल महिला तथा विपन्न जेष्ठ नागरिक गरी ६५ जनालाई न्यानो ब्ल्याङकेट वितरण गरिएको वडा सचिव मिना खड्काले जानकारी दिनु भयाे ।
वडाका जेष्ठ नागरिक सम्मान कार्यक्रममा अन्तर्गत न्यानो कपडा वितरण कार्यक्रममा वडा नं. १ का कार्यपालिका सदस्य कोपिला मल्ल एवं वडा सदस्यहरु भिम बहादुर सिंह ठकुरी, रत्ना माया सुनार र रघु बहादुर सुनार लगायतको उपस्थिती रहेकाे थियाे ।








