Share Icon

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको आइतबार भक्तपुरमा भव्य स्वागत भएको छ।

भक्तपुरको दरबार स्क्वायरस्थित तलेजु भवानीको दर्शन गर्न र पाँच तल्ले मन्दिरस्थित भैरवनाथको दर्शन गर्न उनी दिउँसो ३ बजे भक्तपुर पुगेका थिए।पूर्वराजाको स्वागतका लागि हजारौं मानिसको भीड लागेको थियो। भक्तपुरको दरबार क्षेत्र पूरै सर्वसाधारणको भीडले घेरिएको थियो। त्यहाँ राजावादी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ता एवं विभिन्न राजनीतिक दल समर्थित नेता तथा कार्यकर्ताहरूका साथसाथै सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

पूर्वराजालाई भक्तपुर दरबार स्क्वायर प्रवेश गर्ने (खौमा) प्रवेशद्वारमा कन्याहरुले स्वागत गरेका थिए। साथै पूर्वराजाको स्वागतमा गठन गरिएको श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको स्वागत समारोह समिति भक्तपुरका पदाधिकारीहरुले स्वागत गरेका थिए।

साथै खौमा प्रवेशद्धारदेखि तलेजु प्रवेश गर्ने बाटोको दुवैतर्फका समर्थकहरुले झण्डा बोकेर स्वागत गरेका थिए।

यो समाचार आजका नागरिक दैनिकमा प्रकाशित छ।

Facebook Comments Box

Share Icon