Share Icon

काठमाडाैं । लमजुङकाे दोर्दी गाँउपालिकामा बचत तथा उत्पादन समूहलाई आम्दानी, खर्च र बचत सम्बन्धी अभिमुखीकरण प्रदान गरिएकाे छ ।

वडा नम्बर ८ का अध्यक्ष नारान घलेले अभिमुखीकरण कार्यक्रमकाे उद्घाटन गर्दै समूहमा आबद्द रहेकाहरूलाई आम्दानी, खर्च र बचतबारे जानकारी लिन अति आवश्यक रहेकाे बताउनु भयाे ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालकाे आर्थिक सहयोग र ग्रामीण सामुदायिक विकास केन्द्र नेपालकाे साझदारीमा एक दिने बचत तथा उत्पादन समूहलाई आम्दानी खर्च बचत सम्बन्धी अभिमुखीकरण प्रदान गरिएकाे वडा नम्बर ९ का अध्यक्ष आषिस तामाङले जानकारी दिनुभयाे ।

उहाँका अनुसार अभिमुखीकरण कार्यक्रमकाे सहजीकरण केन्द्रका दुर्गा प्रसाद ढुंगानाले गर्नु भएकाे थियाे । कार्यक्रममा ४० जनाको सहभागिता रहेको गाउँपालिकाले जनाएकाे छ ।

Facebook Comments Box

Share Icon