वडा कार्यालयद्वारा योजना तथा कार्यक्रम बारे सुझाव संकलन
काठमाडाैं । प्युठान माण्डवी गाउँपालिका वडा नम्बर ३ काे कार्यालयले योजना तथा कार्यक्रम बारे सुझाव संकलन गरिरहेकाे छ।
वडा अध्यक्ष धनेन्द्र कार्कीले योजना तथा कार्यक्रम बारे आज २ वटा टाेलमा सुझाव संकलन गरिएकाे जानकारी दिनुभयाे ।
उहाँले नमुना टोल विकास संस्था नयागाउँ टार तथा आपचौर टोल विकास संस्था आपचौरमा आगामी आर्थिक वर्षकाे याेजना तथा कार्यक्रम बारे सुझाव संकलन गरिएकाे जानकारी बताउनु भयाे।
साथै वडा अध्यक्ष कार्कीले आपचौर लिफ्ट खानेपानी तथा पोखरीको अनुगमन पनि गर्नु भएकाे छ ।
Facebook Comments Box







