Share Icon

काठमाडाैं । बारागढी गाउँपालिकाले पालिकाभित्र रहेका आइतबार विभिन्न सामुदायिक विद्यालयहरुमा सञ्चालन भएको परीक्षाको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा सबै विद्यालयहरुमा अनुशासित र मर्यादित ढंगले परीक्षा सुचारु रहेको पाइएको गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले बताउनु भयाे ।

अनुगमनमा अध्यक्ष जयसवाल, उपाध्यक्ष लक्ष्मी देवी राय, शिक्षा समितिका संयोजक उमेश प्रसाद साह, लेखा अधिकृत अजय चौधरी, शिक्षा अधिकृत जलमति चौधरीलगायतकाे सहभागिता रहेकाे थियाे ।

Facebook Comments Box

Share Icon