जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको मृत्यु, ९ घाइते
एजेन्सी । भारतको उत्तराखण्डमा गएराति बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ।
हरिद्वारको लालढांगबाट ५० जना जन्ती बोकेर काडागाउँ जाँदै गरेको बस पौडी गढवाल जिल्लामा दुर्घटनामा परेको हो।
रातिमा भएको दुर्घटनाका कारण घाइतेको उद्धारमा कठिनाइ भएको अधिकारीहरुले जनाएका छन्। अँध्यारो खोचमा बस दुर्घटना भएको खबर पाएपछि स्थानीयवासीहरु गएर मोबाइलको लाइट बालेर उद्धार गरेका थिए।
राति १ बजे प्रहरीले दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर अस्पताल भर्ना गराएको छ। जसमध्ये केहीको अवस्था गम्भीर छ।
मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मध्यरातमा भएको दुर्घटनामा तत्काल उद्धारका लागि पुगेका प्रहरी र स्थानीयवासीलाई धन्यवाद दिए।
Facebook Comments Box
Related posts:
चीनमा कम्पनी विष्फोटमा एकको मृत्यु पाँच घाइते
दिल्लीमा बढ्न थाल्यो कोरोना संक्रमणदर, सर्तकता अपनाउन आग्रह
बेलारुसका राष्ट्रपति लुकासेन्को रुसी समकक्षी पुटिनसँगको भेटपछि अस्पताल भर्ना
चीनमा एक लाखभन्दा बढी सरकारी अधिकारीलाई भ्रष्टाचारकाे आरोपमा जरिवाना
ताइवानकी उपराष्ट्रपति लाई अमेरिका पुगेपछि चीन आक्रोशित