शेखर कोइराला समूहका नेताहरुको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षका नेताहरुको बैठक आज बस्दै छ ।
शेखर कोइरालाको सम्पर्क कार्यालयमा इतरपक्षको बैठक बस्न लागेको हो । बैठकमा इतरपक्ष पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।
बैठकमा कांग्रेसले सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको बारेमा र पार्टीले बोलाएको केन्द्रीय समिति बैठकबारे छलफल हुने जनाइको छ ।
गत आइतबार कांग्रेससँगको सहकार्य तोडेर माओवादी अध्यक्ष प्रचण्ड एमालेको साथ लिएर प्रधानमन्त्री बनेपछि कांग्रेसभित्र विवाद बढेको छ ।
इतर पक्षका नेताहरु सभापतिसहित संस्थापनमाथि प्रश्न उठाएका छन् । केन्द्रदेखि सातवटै प्रदेशमा प्रतिपक्षी बन्ने निश्चित देखिएको छ ।
Facebook Comments Box
Related posts:
अनेरास्ववियुको अध्यक्षमा बडाल
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार प्रधानमन्त्री दाहाल
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको थुनछेक बहस सकियो
कर्णाली प्रदेशमा कांग्रेस सरकारमा छिट्टै जान्छ : उपप्रधानमन्त्री खड्का
सरकारले गरेको सहमतिको जिम्मेवारी सांसदलाई दिन मिल्दैन : सांसद भट्टराई