सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष पौडेल
१ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्ला स्थित पालुङटार नगरपालिका वडा नं.४ का मान ब.पौडेल गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा पालुङटार नगरपालिका वडा नं.४ मा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
पछिल्लो समय गोरखा जिल्ला स्थीत पालुङटार नगरपालिका वडा नं.४ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष पौडेल अहोरात्र खटिरहनु भएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता सडकलाई दिदै सडकको स्तरउन्नति गर्दै, बाटोको ट्रयाक खोल्ने र ग्राभेल गर्ने काम तीव्र गतिमा भईरहेको छ । ”
शिक्षाको क्षेत्रमा सामुदायिक विद्यालयमा पढ्ने गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई छात्रवृति दिने योजनामा रहेको छ ।
स्वास्थ्यको क्षेत्रमा गरिब तथा विपन्न वर्गहरुलाई निशुल्क स्वास्थ्य विमाको व्यवस्था गरेको उहाँले बताउनुभयो ।
कृषि क्षेत्रलाई मध्यनजर गर्दै तरकारीको विउँ विजन वितरण गर्ने, रासायनिक मलहरु वितरण गर्ने तथा मकै उत्पादन गर्ने क्षेत्रलाई विशेष जोड दिएको वडा अध्यक्ष अधिकारीले प्रष्ट पार्नुभयो ।
त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै महिला सशक्तिकरण तालिम, स्वास्थ्य सामाग्री वितरण गरेको उहाँले बताउनुभयो । शिक्षाको क्षेत्रमा बहुमुखि क्याम्पसमा उच्च स्तरको शिक्षा लिन नसक्ने विद्यार्थीहरुलाई राहत स्वरुप वडाबाट बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै वडामा साना तिना योजनाहरु धेरै रहेका छन । ति योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेको अध्यक्ष पौडेलले प्रष्ट पार्नुभयो ।
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







