Share Icon

३ माघ, काठमाडाैं ।  कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मिलन सिलवाल स्थानिय तहको निर्वाचनमा अत्यधिक बहुमत ल्याएर दोस्राे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरेको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदै भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ वडा अध्यक्ष मिलन सिलवाल । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य,बाटो सडक, खानेपानि ,विजुल्लि बत्ति, कृषि,धार्मिक तथा सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्ण योजना तथा कार्यक्रमहरु ल्याएका छौं।

उहाँले भन्नुभयो, वडामा पहिलो प्राथमिकता बाटो सडकलाई दिदै स्वास्थ्य,शिक्षा र खानेपानिको क्षेत्रमा पनि त्यतिकै चासो राखेर काम गरिरहेको छौ । त्यस्तै वडामा बाटो सडकको स्तरउन्नति र कालोपत्रेको कामहरु भईरहेको छ ।

त्यसै गरी धार्मिक क्षेत्रमा लैनकुमारी मन्दिर, तिलेश्वर मन्दिर लेले धाम,मनकामना मन्दिरहरु विशेष धार्मिक पर्यटककीय इतिहासिक मठमन्दिर भएकोले उक्त मन्दिरहरुको मर्मत सम्भार गर्ने कामहरु सुरु भईरहेको वडा अध्यक्ष सिलवालले बताउनुभयो ।

त्यस्तै कृषि क्षेत्रमा सिचाई विभाग मार्फत प्रत्येक टोल टोलमा सिचाईको लागि कुलोको निमार्ण गर्ने योजनामा रहेको छ । त्यसै गरी खानेपानिको क्षेत्रमा लेले महादेव स्थानमा रहेको पानिको ठुलो मुहानबाट निमार्ण कार्य सुरु गरी सफा सुन्दर पिउँने पानि घरघरमा पुराउने लक्ष्यका साथ काम गरेका छौं ।

उहाँले भन्नुभयो, कृषि क्षेत्रमा कृषलाई मल विउविजन वितरण गरेर, वडा नम्बर ५ मा चिस्यान केन्द्रको स्थापना गर्ने काम अन्तिम चरम पुगेको र मेसिन तथा औजारहरुको खरिद कार्यको लागि बटेज छुटाएको छ र स्थानिय स्तरमा उत्पादन भएका तरकारी, फलफुल, आलु स्टोर गर्ने व्यवस्था गर्ने योजनामा रहेको छ ।

शिक्षा क्षेत्रको लागि वडामा दुई वटा विद्यालयको भवन निमार्णको काम सम्पन्न भएको र वडाको पहलबाट विद्यार्थीलाई सहजको लागि सामुदायिक विद्यालयमा स्कुल बसको व्यवस्था गर्ने, त्यस्तै शैक्षिक गुणस्तरको लागि निजि तथा साझेदारी संस्थाबाट भोलेन्टीएर शिक्षक राखेर निजि विद्यालयमा पढाई हुने किसिमको वातावरणको सृजना गर्ने र नगरपालिकाले पनि त्यतिकै सर्पोट गरेको छ ।

स्वास्थ्य क्षेत्रमा वडामै सम्पुर्ण स्वास्थ्यका सेवा सुविधा लिनको लागि स्वास्थ्य ल्याबको व्यवस्था गर्ने,प्राथमिक स्वास्थ्यसेवाका कामहरु तिब्ब्र गतिमा अगाडि बढाईरहेका छौ ।

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon