Share Icon

 २ माघ,काठमाडाैं ।  सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नंं.३ मा अहिले विकासले मुहार फेरेको छ ।पछिल्लो समय यस वडामा वडाबासीहरुलाई लक्षित गर्दै ,योजना तथा कार्यक्रमहरु ल्याईएको छ ।

वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,सरसफाई,सिचाई,बिजुल्लि बत्ति,बाटो सडक तथा कृषिको क्षेत्रमा राम्रो काम भएको वडा अध्यक्ष ओम प्रकाश बुढाले बताउनुभयो । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा बाटो सडक,खानेपानि,सिचाई,कृषि तथा भौतिक पुर्वाधारको क्षेत्रमा पनि राम्रो विकास उहाँले बताउनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्नलाई कुनै कठिनाई नभएको वडा अध्यक्ष बुढाले बताउनुभयो । विभिन्न कारणले काम गर्न नसकिएको र अब तिब्र गतिमा काम गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै वडामा महिला तथा युवाहरुको लागि सिपमुलक तालिमको व्यवस्था राखेको,सिलाई कटाई तालिमको व्यवस्था गरेको वडा अध्यक्ष बुढाले बताउनुभयो । अहिले यस वडामा विकासले मुहार फेरेको छ । यस वडामा खानेपानि,सिचाई,बाटो सडक,बिजुल्लि बत्ति तथा कृषिको योजनाहरु रहेको उहाँले बताउनुभयो ।

उहाँ सबै वडाबासीको मन मुटुमा सजिलै बस्न सफल हुनुहुन्छ । उहाँले भन्नुभयो ,वडाको चौतर्फी विकासको लागि सदैव लागि परिरहेको उहाँले बताउनुभयो ।

जसरी जनताले मलाई अमुल्य भोट दिएर जनताले विश्वास गरेर दोस्रो पटक पनि निर्वाचित गराउनुभयो ,त्यसरी नै जनताको विश्वासलाई कहिले पनि टुट्न दिने छैन । उहाँले भन्नु भयो , स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर अगाडि काम बढाई रहेको वडा अध्यक्ष बुढाले बताउनु भयो ।

Facebook Comments Box

Share Icon