राजापुर वडा नम्बर ७ को कार्यालयद्धारा न्यानो ब्लाङकेट वितरण
♦सागर परियार
२४ पौष, राजापुर । बर्दियाको राजापुर नगरपालिका वडा न ७ मा न्यानो ब्लाकेट बितरण गरिएको छ । वडा मा रहेका जेष्ठ नगरिक, एकल महिला, अपाङ्ग , टुहुरा बालबालिका तथा विपन्न नागरिकलाई न्यानो ब्लाकेट बितरण गरिएको वडा अध्यक्ष रामु थारुले जानकारी दिनुभएको छ।
हेरेक बर्ष जाडोको समयमा न्यानो ब्लाकेट दिइने र यस वडा भित्र रहेका अशाय अशक्त बुढाबुढी तथा एकल महिला लाई जाडोमा केहि राहत मिलोस र न्यानो होस भन्ने उद्देश्यले
वडा को बार्षिक कार्यक्रम अन्तर्गत लक्षित कार्यक्रम अन्तर्गत बजेट बिनियोजन गरेर कार्यक्रम गरेको र अब केहिदिन पछि वडा मा रहेका अनाथ बालबालिका लाई समेत न्यानो ब्लाकेट बितरण गर्ने अध्यक्ष थारुले जानकारी दिनुभएको छ।
स्थानिय रामु गुरूङ्गले भन्नुभयाे, ‘हामी हर्षत छाैं । वडा अध्यक्षकाे काम प्रसंशा गर्न याेग्य रहेकाे हामीलाई याे जाडाेमा वडाबाट गरेकाे ब्लाकेट बितरण कार्यक्रम (सहयाेग) बाट हामीलाई निकै सहज भएकाे छ केही हदसम्म भए पनि हामीले राहतकाे महसुस गरेका छाैं ।’
आजको यस कार्यक्रम मा अपांग जेष्ठ नागरिक एकल महिला टुहुरा बालबालिका तथा बिपन्न नागरिक गरि लगभग ४५० जना लाई न्यानो कम्बल बितरण गरिएको वडा सचिव प्रकाश वलि ले जानकारी दिनु भएको छ ।












