Share Icon

७ असाेज, काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न ४ वटा विषयगत समितिका बैठक आइतबार बस्ने भएका छन् ।

संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आइतबार बिहान ११ बजे बस्ने भएकाे हाे। यो बैठकमा चिकित्सा शिक्षाकाे बारेमा छलफल हुनेछ ।

त्यस्तै आजै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बस्दै छ । यो बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ । यो समितिको बैठक पनि आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

यो विधेयक निकै महत्वपूर्ण रहेको छ । अख्तियारको कार्यक्षेत्र घटाउने गरी विधेयक आएको भन्दै विरोधसमेत भइरहेको छ । त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध समिति र पूर्वाधार विकास समितिको बैठक पनि आइतबार नै बस्ने भएकाे छ।

Facebook Comments Box

Share Icon