मुगुमा भीषण आगलागी, ८ घरमा क्षति
६ असाेज, काठमाडाैं । मुगुकाे सदरमुकाम गमगढी बजारमा शुक्रबार राति भीषण आगलागी भएको छ ।
शुक्रबार राति करिब १२ बजेदेखि सुरु भएको आगलागीका कारण ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय मुगुले जनाएकाे छ ।
जलेका घरमा कम्प्युटर पसल, मोबाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिन्डर गरी ९ वटा पसल सञ्चालनमा थिए । तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, पिआर मल्ल, प्रदीप रावल र पुतली शाहीको घर पूर्ण रूपमा जलेको छ ।
त्यसै गरी उक्त घरमा सञ्चालित महम्म्त साकिर कवडिया, साजन सल्मानी, शेरबहादुर मल्ल, रुपदेवी बुढा, उद्दिम भाम, पिआर मल्ल, लक्ष्मी मल्ल, नरेश शाही र पूर्णा लक्ष्मी मल्लको पसलमा पनि पूर्ण रूपमा क्षति पुगेको प्रहरीले बताएकाे छ ।
Facebook Comments Box







