वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छाैं : अध्यक्ष कठरीया
२१ पाैष ,काठमाडाैं । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ८ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ८ मा विकास निमार्णका कामहरु अगाडि तिब्ब्र गतिमा बढाइएका छन ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष कठरीयाले बताउनुभयो । वडाबासीकाे बिस्वास अन्तिम पलसम्म जिउँदो राख्ने गरी काम गर्ने वडाअध्यक्ष कठरीयाकाे प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
त्यस्तै उहाँले भन्नुभयो , ‘वडामा कृषि क्षेत्रको लागि कृषकलाई लहरे तरकारी खेतीको तिन दिने तालिम सम्पन्न गरेको र सिचाईको लागि बोरिङ र मोटरको व्यवस्था गरेको तथा नयाँ विउ बिजन पनि वितरण गरेका छौं । वडामा उपभोक्ता समिति मार्फत काम गरिरहेका छौ ।’
त्यसै गरी वडामा स्वास्थ्य,शिक्षा, बाटो सडक, तटबन्धन,कृषि,तथा पुर्वधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु रहेका छन । त्यस्तै शिक्षाको क्षेत्रमा मा.वि.तहको विद्यालयको भवन निमार्ण कार्य भईरहेको वडा अध्यक्ष कठरियाले बताउनुभयो ।
उहाँ पहिले वडा सदस्यमा रहेर काम गरेको हुनाले अहिले वडा अध्यक्षको पदमा रहेर काम गर्न कुनै गाह्राेे महशुस नभएको उहाँले बताउनुभयो । त्यस्तै वडामा अहिले धेरै योजना तथा कार्यक्रमहरु रहेका छन, र उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेका छौं उहाले बताउनुुभयाे ।
उहाँले बताउनुभयाे, ‘महिलाहरुको लागि सिपमुलक तालिमहरुकाे व्यवस्था गरेका छौं । वडाबासीहरुलाई लक्षित गर्दै वडामा योजना तथा कार्यक्रमहरु ल्याएका छौ । वडाको चौतर्फी विकासको लागि हामी निरन्तर लागि परेका छौ ।’
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर ८ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







