शिक्षकसँगको वार्ता आज निष्कर्षमा पुग्ने मन्त्री गुरूङकाे दावी
५ असोज, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आन्दाेलनरत शिक्षकहरुका मागमा शुक्रबार निष्कर्षमा पुग्ने दावी गर्नुभएकाे छ । शुक्रबारको वार्तामा शिक्षकहरुको माग पूरा गर्नेगरी छलफल हुने र निष्कर्षमा पुग्ने उहाँको तर्क छ।
शिक्षकहरुसँगको औपचारिक वार्ता सुरु हुनुअघि गृह, शिक्षा, सन्चार र कानूनमन्त्रीहरुबीच भएको आन्तरिक छलफलमा सहभागी मन्त्री गुरुङले शिक्षक साथीहरुका मागमा हामीले बुँदागत रुपमा बिहीबारदेखि नै छलफल गरेकाे बताउनुभयाे । अब अन्तिम टुंगो लगाउने र शुक्रबार टुंगिने उहाँकाे तर्क छ ।
शिक्षकहरू विद्यालय बन्द गरेर बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका छन् ।मन्त्रीहरूको आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग औपचारिक वार्ता सुरू हुने छ।
यसअघि बिहीबार पनि २ पटक वार्ता भएपनि कुनै निष्कर्ष निस्किन सकेको थिएन ।







