Share Icon

४ भदाै,काठमाडौं । साफ अण्डर नाइन्टीन फुटबल च्याम्पियनसिप बिहीबारबाट काठमाडौंमा सुरु हुने भएकाे छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपालको भिडन्त पाकिस्तानसँग हुने भएकाे हाे । साेही  खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा हुने भएकाे छ । प्रतियोगिताको लागि नेपालले बुधबार मात्रै २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले घोषणा गरेको नेपाली टोलीको कप्तानी गोलकिपर जियारत शेखले गर्ने भएका छन् । मनाङ मस्र्याग्दी क्लबबाट उनले ए डिभिजन लिग खेलेका थिए ।

साफ यू-१९ फुटबल च्याम्पियनसिपमा यसपटक ६ टोली सहभागी भएका छन् । समूह ए मा नेपाल, पाकिस्तान र माल्दिभ्स रहेका छन् । साथै  समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन् ।

Facebook Comments Box

Share Icon