मर्जर प्राप्ति र एफपीओको कर एकैपटक तिर्न भनेपछि सेयर बजारलाई बजेटको धक्का
१६, जेठ, काठमाडाैं । बजेटले बैंक वित्तीय संस्थाहरुको मर्जर प्राप्ति र एफपीओको कर एकैपटक तिर्न उर्दी जारी गरेपछि सेयर बजारले ‘नोज डाइभ’ हानेको छ।
बजेटलगत्तै खुलेको सेयर बजार ४३ अंक घटेको हो। बजेट अघि १९४१ मा बन्द भएको बजार मंगलबार पहिलो सत्रमै १९०१ सम्म ओर्लिएको हो।
सेयर बजारको ठूलो हिस्सा ओगटेका कम्पनीहरु माथि नयाँ दायित्व थुप्रिएपछि लगानीकर्ताको मनोबल ह्वात्तै गिरेको छ। त्यसैको असर सेयर बजारमा देखिएको हो।
Facebook Comments Box







