Share Icon

१४ जेठ, काठमाडाैं । पञ्चेश्वर गाउँपालिका बैतडी जिल्लाको दक्षिण पश्चिम भेगमा पर्दछ। जिल्ला सदरमुकाम गोठालापानीबाट यो गाउँपालिका १३ कोष दुरीमा रहेको छ । यसको केही भूभाग महकाली नदीसँग जोडिएको छ । अधिकांश स्थानमा सडक यातायात जोडिएको र आवत जावत गर्न सहज भएको छ। पञ्चेश्वर गाउँपालिकामा ६ वटा वडा बमिलेर बनेको छ ।

पञ्चेश्वर गाउँपालिकास्थित वडा नम्बर ६ मा अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष  राम सिंह पुजारा ।

यस अघिको २०७४ सालको कार्यकाल पनि पुजाराको भएको विकास र जनले राम सिंह पुजारालाई पुन: २०७९ सालमा दोहोरएको छ । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माका कार्यका साथै अहिले विकास निर्माणमा जनताका समास्याहरु समाधानका कार्य तिब्ब्र गतिमा अघि बढिरहेको छ।

अहिले यो वडामा धेरै परिवर्तन आएको छ । विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण जनताले दोस्रो पटक पनि उहाँलाई अध्यक्षका रुपमा पत्याएका छन्।

वडा अध्यक्ष पुजाराले वडा खबरसँग कुरा गर्दै उहाँले अहिले दास्रो कार्यकालको लागी निर्वाचित भएको १ वर्षको अवधि भएकोले चालु आर्थिक वर्षको बजेटबाट सत प्रतिशत काम चैत्र, बैशाखमा नै सकेकोे तथा उहाँले पहिलो कार्यकालमा शिक्षा ,सडक, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासमा पनि धेरै काम भएको जानकारी दिनुभयो।

वडा अध्यक्ष पुजाराले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । संहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष पुजारले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं।

वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयाे ।

उहाँले भन्नुभयो, “बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरूका क्षेत्रमा काम गर्दै छौ। उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो।”

उहाँले भन्नुभयो, “आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।”

मेरो वडाको विशेषता भनेका कुनै दल गुट उपगुट नभनि सबै साथिहरुलाई समेटेर विकास निर्माणका कार्यसंग जोडेर अगाडि बढिरहेको छौं। वडा अध्यक्षले पुजाराले बताउनुभो ।

दोस्रो कार्यकाल भएको कारणले पनि हामी वडाका गतिबिधि निरन्तर तिब्र गतिमा समेटेर अघि बढ्को पडा अध्यक्ष पुजाराले उल्लेख गर्नुभयो।

उहाँले थप्दै भन्रुभयो, “राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे ,अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन। यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागी अवसर हो।”

 वडा अध्यक्ष : राम सिंह पुजारा

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ।त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा दास्रो पटक वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

 

Facebook Comments Box

Share Icon