चालु आर्थिक वर्षमा सतप्रतिशत काम गरेर सकेका छौं: वडा अध्यक्ष बोहरा
१७ बैशाख ,काठमाडाैं । २०१७ सालको राजाको निरंकुश शासन लागु पहे पछि २०१८ सालमा नौबिस ग्राम पंचायत भइ २०१९ सालमा मंगलुसेन गाउ पंच्याय्तको नामबाट नामाकरण भइ २०२२ सालको भूमिसुधार पच्च्यात बजारको दुई तिरको सैन समथर जग्गा हालको जिविस रहेको वरिपरी र मालिका विकास बैक अगाडी रहेको जग्गा र मंगला देवीको मन्दिरलाई जोडी मंगलसेन नामाकरण भएको पाइन्छ ।
२०७१ साल बैशाख २५ गते मंगलसेन नगरपालिका घोषणा गरे पच्च्यात २०७१ साल जेष्ठ ४ गते विधिवत रुपमा स्थापना गरिएको हो । मंगलसेन नगरपालिकामा १४ वटा वडाहरु रहेका छन ।
२०७९ सालको स्थानिय तहको निर्वाचनमा मंगलसेन नगरपालिका वडा नम्बर ९ मा जनताको मन र मत दुवै पाएर पदम बहादुर बोहरा निर्वाचित वडा अध्यक्ष अध्यक्ष हुनुहुन्छ।
मंगलसेन नगरपालिका प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर ९ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्।
वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले व्यापारी तथा समाज सेवामा लाग्नुभएकाे बाेहरा निरन्तर रूपमा स्थानिययकाे पिरमार्कामा साथ र सहयाेग गरिरहनुभएकाे छ ।
उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो। उहाले थप्दै भन्रुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’
वडा अध्यक्ष पदम बहादुर बोहराले जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकासमा कुनै कठिनाइ नरहेको बताउनुभयो । मंगलसेन नगरपालिका वडा नम्बर ९ लाई नमुना वडाको रुपमा स्थापित गर्न वडाध्यक्ष बोहरा अहोरात्र खटिरहनु भएको छ ।
वडाध्यक्ष बोहराले भन्नुभयो, ‘म पहिलादेखि नै कृषिमा आवद्ध थिए । जनताको सेवा गर्न पाउदा खुसीको महसुुस र जिम्मेवारी बोध भएको छ जनताको सेवा गर्दा खुसि मिल्छ । वडावासीको सेवा गर्न मलाई राम्रो लाग्छ, वडावासी सेवामा सदैव सर्मपित भईरहने छु ।’
उहाँले भन्नुभयो, ‘ चुनौतीलाई चिर्दै कृषिलाई अधुनिकीकरण गर्ने तर्फ वडा कार्यालय लागि परेको बताउनुभयो ।
उहाँले थप्दै भन्रुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।







