समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष झेंडी
हस्ता विष्ट
८ वैशाख, काठमाडाैँ । विनयी त्रिवेणी गाउपालिका नेपालको गण्डकी प्रदेश ,नवलपरासी बर्दघाट सुस्ता पुर्वमा अवस्थित छ । नेपाल सरकार मन्त्रि परिषद्को मिति २०७३ फाल्गुन २७ गतेको निर्णयले दुम्किबास गा.वि.स, बेनिमणिपुर गा.बि.स ,धुरकोट ९६ वटा वडा० ,राकाचुली ९४ वटा वडा र त्रिवेणी सुस्ता ९२ वटा वडा गा.वि.स हरु मिलाएर विनयी त्रिवेणी गाउपालिकाू घोषणा गरिएको हो ।
नेपालको पुर्व देखि पश्चिमसम्म फैलिएको महेन्द्र राजमार्ग यस गाउपालिकाको मुख्य राजमार्गको रुपमा रहेको छ । यस गाउपालिकाको सिमानामा पुर्वतर्फ मध्यबिन्दु नगरपालिका र पश्चिमतर्फ बर्दघाट नगरपालिका रहेको छ । यस गाउपालिकामा नेपालकै ठुलो सिमेन्ट उद्योग ,होंगशी शिवम सिमेन्ट उद्योग अवस्थित छ ।
यस गाउपालिकाको अन्य बिशेषताका रुपमा श्री दाउन्ने देवी मन्दिर,त्रिवेणीको गजेन्द्र मोछधाम ,मदरबाबा तिर्थस्थल रहेका छन,जसले आन्तरिक तथा बाहय तिर्थालु भक्तजनहरुलाई आकर्सण गर्ने गरेको छ ।
यस गाउपलिकामा विभिन्न जातजातिहरु जस्तै ब्राह्मण,छेत्री,मगर,थारू,गुरुङ,तामांग,नेवार,कुमाल ,परियार, बिश्वकर्मा , आदि बसोबास गर्छन्र यस्तै यस क्षेत्रको मुख्य चाडपर्वको रुपमा दशैं,तिहार, लोह्सर,माघी,होलि,आदि रहेको छ ।
गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष रन बहादुर झेंडीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।
विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष रन बहादुर झेंडी ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष झेंडी अहोरात्र खटिरहनुभएको छ ।
विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ मा जम्मा बजेट पालिकाबाट १ करोड विनियोजन गएिको वडा अध्यक्ष रन बहादुर झेंडीले जानकारी दिनुभयो ।
वडा अध्यक्ष झेंडी भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, लगभग योजनाका कामहरु सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।” जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष झेंडीले बताउनुभयोे ।
वडा अध्यक्ष झेंडीले भन्नुभयो, ” वडाबाट पहिलो प्राथमिकता शिक्षा, खानेपानी र बाटोलाई दिए साथसाथै वडामा रहेको सामुदायिक विद्यालयको भवनको मर्मत सम्भार गर्ने, भौतिक संरचना निमार्ण गर्ने र विद्यालयको वाल बनाउने काम गरिएको छ ।”
त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट आधारभुत स्वास्थ्य सुविधाहरु दिईरहेको उहाँले बताउनुभयो ।
त्यसै गरी बाटो सडकको क्षेत्रमा स्तरउन्नति गर्दै ढलान र कालोपत्रे गर्ने कामहरु सम्पन्न गरेको वडा अध्यक्ष झंडीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ” वडामा कृषिलाई प्रर्वधन गर्दै कृषि उत्पादन वद्धि गर्नको लागि सिचाईको लागि बोरीङको व्यवस्था गरेको र पक्कि कुलोको निमार्ण गरेका छौ । ”
त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गरेर तालिमलाई व्यवसायमुखिकरण गर्ने योजनामा रहेको वडा अध्यक्ष झेंडीले प्रष्ट पार्नुभयो ।
युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदको लागि खेलकुदको सामाग्रीहरुको व्यवस्था गरेको उहाँले बताउन्ुभयो ।
त्यस्तै विद्युतको क्षेत्रमा सबै वडामा पुर्ण रुपमा विद्युत लाईन पराईसकेको र केहि नपुगेको ठाउँमा मर्मत सम्भार गर्ने कामहरु तीव्र गतिमा भईरहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ” खानेपानीको क्षेत्रमा वडाबासीहरुको घर घरमा धारा पुराउने अभियानका साथ कामहरु अगाडि बढाईरहेको छौ । ”
वडा अध्यक्ष रन बहादुर झेंडीले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







