वडा नम्बर ८ मा जेष्ठ नागरिकहरुलाई सहायक सामाग्री वितरण कार्यक्रम (तस्बिर )
२३ चैत्र, काठमाडाैं । मधुवन नगरपालिका वडा न. ८, बर्दिया द्वारा आयोजित ७५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई सहायक सामाग्री (छाता , लठ्ठी , झुल ) एवम् सम्मान कार्यक्रम सम्पन्न गरिएकाे छ ।
आज विशेषरुपमा नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक माननीय जन्मजय तिमिल्सिना ज्युको प्रमुख आतिथ्यता , बिशिष्ट अतिथि मधुवन नगर प्रमुख तेज बहादुर भाट , विशेष अतिथि मधुवन नगर उपप्रमुख अनिता चौधरी एवम् मधुवन नगरपालिका वडा न. ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता मेक बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको हाे ।



Facebook Comments Box







