Share Icon

हस्ता विष्ट
५ चैत्र, काठमाडाैँ । नेपालको गण्डकी प्रदेश अन्तर्गत ११ जिल्लाहरु मध्ये तनहुँ जिल्ला पनि एक हो । समून्द्र सतहवाट न्यूनतम १८७ देखि २१३४ मिटरको उचाईसम्म रहेको छ । नेपाल राज्यको केन्द्र भागमा अवस्थित तनहुँ जिल्लाको आफ्नै ऐतिहासिक महत्व रहेको छ ।

नेपालको संविधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनर्संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार यस तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु कोटा, बैदी, छिपछिपे र देवघाट गाविसलार्ई समायोजन गरी देवघाट गाउँपालिका गठन गरिएको हो ।

समावेश भएका साविकका गाविसहरु मध्ये देवघाट गाविसलाई दुई वटा वडा, साविक कोटा गाविसको १, २, ३, ८ र ९ गरि एक वडा, साविक कोटा गाविसको वडा नं. ४, ५, ६ र ७ र साविकको वैदी गाविसको ४, ५, ६, ७, ८ र ९ वडा गरि एक वडा र साविक छिपछिपे गाविसलाई एक वडा गरि जम्मा ५ वटा वडामा विभाजन गरिएको छ ।

गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित देवघाट गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष मिन बहादुर रानामगरले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

देवघाट गाउँपालिका वडा नं. २ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष मिन बहादुर रानामगर ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष रानामगर अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष रानामगर भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ५५ प्रतिशत सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु सुचारु गर्ने तयारी रहेको छ । ”

वडा अध्यक्ष मिन बहादुर रानामगर निर्वाचित हुनुभन्दा पहिले कृषि पेसामा आबद्ध भएर निरन्तर समाज सेवामा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

देवघाट गाउँपालिका वडा नं. २ मा पालिकाबाट जम्मा बजेट ८० लाख, प्रदेशबाट २५ लाख र स्वरोजगारबाट ११ लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष मिन बहादुर रानामगरले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष रानामगरले बताउनुभयोे ।

वडा अध्यक्ष रानामगरले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता दिए साथसाथै वडामा रहेको बाटो स्तरउन्नति गर्दै ग्राभेल गर्ने र कुनै बाटो ढलान गर्ने गर्ने योजनामा रहेको छ । ”

त्यसै गरी खानेपानीको क्षेत्रमा एक घर एक धारा निमार्ण गर्ने उद्देश्यका साथ कामहरु अगाडि बढाई रहेको वडा अध्यक्ष रानामगरले बताउनुभयो ।

उहाँले भन्नुभयो, ” शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेका सामुदायिक विद्यालयको भौतिक संरचनाको मर्मत सम्भार विद्यालयको घेराबार लगाउने काम गरेका छौ । ”

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष रानामगरले भन्नुभयो,  ” वडामा कृषिलाई मध्यनजर गर्दै कृषि उत्पादन बढाउनको लागि विभिन्न विउँ विजन गरेको र बाख्रा पकेटको निमार्ण गर्ने योजनामा रहेको छ । ”

त्यस्तै युवाहरुलाई लक्षित गर्दै खेलकुदको लागि खेलकुद सामाग्रीको वितरण गर्ने र युवा स्वरोजगारको लागि वडाबाट विशेष जोड दिएको उहाँले प्रष्ट पार्नुभयो ।

महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु उद्योम विकास तालिमहरु, गुडिया डल बनाउने तालिम तथा महिला सञ्जालका तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष रानामगरले प्रष्ट पार्नुभयो ।

वडा अध्यक्ष मिन बहादुर रानामगरले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon