स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै अध्यक्ष श्रेष्ठ
♣हस्ता विष्ट
२९ फागुन, काठमाडाैँ । सेती र मादी नदीको पवित्र संगम तटमा अवस्थित महर्षि र्वेद व्यास र पराशरको तपोभूमी ९कर्मक्षेत्र० रहेको यस व्यास नगरपालिका देशमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना पश्चात दमौली गा.वि.स. र स्याम्घा गा.वि.स.को केही क्षेत्रलाई समेटेर २०४८ साल चैत्रमा व्यास नगरपालकाको नामाकरण गरी घोषणा गरिएको हो ।
२४८.०० वर्ग .कि.मी.क्षेत्रफल रहेको यस नगरपालिकालाई १४ वटा वडामा ९२०७९ असार ३० गतेसम्म २४८ टोल० विभाजन गरिएको छ । जसमध्ये वडा नं. १, २, ३ र ४ शहरी क्षेत्र, वडा नं.५, ७, १० र ११ अर्धशहरी क्षेत्र र बाँकी सबै वडाहरु ग्रामिण क्षेत्रमा पर्दछन् ।
यो नगरपालिका समुन्द्री सतहबाट २८० मी. देखि १२४५ मी. सम्म उचाईमा रहेको छ भने न्यूनतम ८.४० सेल्सियस देखि अधिकतम ३७.०० सेल्सियस सम्म तापक्रम हुनुका साथै औषत वार्षिक वर्षा १९६०.६ मि.मि. हुने गरेको छ ।
तनहुँ जिल्लामा अवस्थित व्यास नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष काजिमान श्रेष्ठले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन ः निर्वाचीत हुनुभयो ।
व्यास नगरपालिका वडा नं. १४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष काजिमान श्रेष्ठ ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष श्रेष्ठ अहोरात्र खटिरहनुभएको छ ।
व्यास नगरपालिका वडा नं. १४ मा जम्मा बजेट पालिकाबाट नगरबाट ५० लाख, प्रदेशबाट ८० लाख, संघबाट ३ करोड बजेट विनियोजन गएिको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
वडा अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”
जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयोे ।
वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, ” वडामा बाटोलाई पहिलो प्राथमिकता दिदै कालोपत्रे गर्ने, कुनै बाटो ढलान गर्ने, स्तरउन्नति गर्ने कामहरु भईरहेको छ । ”
त्यसै गरी शिक्षाको क्षेत्रमा वडामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई बसाई व्यवस्थापन गर्नको लागि फर्निचरहरुको निमार्ण गरेर भौतिक संरचना निमर्ण गर्ने र कम्पाउन्ड गर्ने योजनामा रहेको छ ।
स्वास्थ्यको क्षेत्रमा विशेष जोड दिदै वडामा रहेको सामुदायिक स्वास्थ्य चौकीबाट कुपोषणको खोपहरु दिने, गर्भवति तथा सुत्केरी महिलाहरुलाई बच्चा र आमाको लागि पोषणको लागि ५ हजार नगदको व्यवस्था गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
त्यसै गरी कृषि प्रर्वधन गर्नको लागि सिचाई गर्न कुलोको निमार्ण र मर्मत सम्भार गर्ने योजनामा रहेको । महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरुको सञ्चालन गरेको,व्यावसायिक तालिमहरु पशुपालन र तरकारी खेतिको तालिमको व्यवस्था गरेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ” विद्युतको क्षेत्रमा पोलहरुको मर्मत सम्भार गर्ने योजना रहेको छ । ”
त्यसै गरी खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराईएको र केहि ठाउँमा मर्मत सम्भार गर्ने योजनामा रहेको उहाँले जानकारी दिनुभयो । युवाहरुलाई लक्षित गदै खेलकुदलाई विशेष जोड दिदै बृहत युवा भेला गरेर २ दिने प्रशिक्षण तालिम सम्पन्न गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ” वडामा साना तिना योजनाहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेका छौ । ”
उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर १४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







