Share Icon

♦ध्रृब कार्की

१८ फागुन, काठमाडाैँ । नुवाकोट जिल्लाको ऐतिहासिक, धार्मिक रुपले पवित्र पञ्चकन्या मन्दिरको नामबाट नामाकरण भएको यस गाउँपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको पुन संरचना गर्ने क्रममा नयाँ स्थानिय तहको रुपमा घोषणा भई नेपाल राजपत्रमा प्रकाशित मिति २०७३⁄११⁄२७ बाट सञ्चालनमा आएको गाउँपालिका हो ।

पाँच वटा वडामा विभाजित यस गाउँपालिका साविकका ५ वटा गा.वि.स.हरु पञ्चकन्या, थप्रेक, कविलास, भदु्रटार, र चौघडा ३,४,९ समायोजन भई नेपाल सरकारबाट २०७३ सालमा पञ्चकन्या गाउँपालिकाकाको रुपमा स्थापना भएको हो ।

पञ्चकन्या गाउँपालिका स्थित ४ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा सञ्च तामाङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

पछिल्लो समय पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ ले विकासको फड्को मारिहेको छ ।

वडा अध्यक्ष तामाङले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छु ।”

उहाँले अघिल्लो कार्यकालमा निमार्णधीन रहेको वडा कार्यालय भवनलाई निमार्ण सम्पन्न गर्दै नयाँ वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ४ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडामा स्वास्थ्य, शिक्षा, सडकको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष तामाङले बताउनुभयो ।

वडामा रहेका सडकहरुलाई अध्ययन गरेर सडकहरुलाई ग्राबेल, कालोपत्रे तथा स्तर उन्नती गरेर व्यवस्थापन गर्ने योजनाअनुसार कामहरु भइरहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै मगंला माध्यामीक विद्यालय सम्म जाने सडक निमार्ण गर्दै बाँकी विद्यालयका भौतिक संरचनाहरु मर्मत तथा निमार्ण गर्ने योजना सँगै सम्पुर्ण विद्यालयबाट शिक्षालाई गुणस्तर बनाएर प्रदान गर्ने उद्देश्यले हामी लागी परीरहेका छौँ ।”

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै कृषिमा आधारीत ४ नम्बर वडालाई पकेट क्षेत्र बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरु प्रदान गर्दै कृषि क्षेत्रलाई अगाडी बढाउने योजना रहेको बताउनुभयो ।

त्यसैगरी पर्यटकमय वडा बनाउनका लागि प्रधानमन्त्री स्वरोजगार अन्तर्गतको बजेटअनुसार वडाबासीहरुलाई प्रोत्साहन गर्दै वडामा पर्यटकीय क्षेत्रको लागि रहेका मन्दीरहरुलाई आकर्षक बनाउर्दै पञ्चकन्या गाउँपालिकाका सहिदहरुको शालिक निमार्ण गर्ने कार्यहरु भइरहेको अध्यक्ष तामाङले बताउनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा निमार्णधीन रहेको स्वास्थ्य चौकीलाई निमार्ण सम्पन्न गरेर वडामा बर्थीङ सेन्टरको लागी भवन माग गर्दै स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना बनाएका छौँ ।”

उहाँले वडामा रहेका युवा तथा महिलाहरुलाई कृषि क्षेत्रमा समुहगत रुपमा उत्पादन गराउने योजना सँगै सिलाई बुनाई तथा साबुन बनाउने तालिमहरु प्रदान गर्ने कार्यक्रम सम्पन्न गरेको बताउनुभयो ।

४ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायतका समस्याहरुको सामाधानका साथै जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर ४ का अध्यक्ष तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”

उहाँ निर्वाचीत हुनु भन्दा अघि कृषि पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तामाङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर वडालाई सुन्दर समृद्धि बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ४ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

Facebook Comments Box

Share Icon