Share Icon

२७ माघ, काठमाडाैँ । ताप्लेजुङ् जिल्ला स्थित सिदिङ्वा गाउँपालिका वडा नं.१ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष बनिया अहोरात्र खटिरहनु भएको छ ।

अध्यक्ष बनिया स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । उहाँले जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष बनिया बताउनुभयो ।उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

पहिलाको जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानि, सडक मा केहि काम गरेको र बाकि रहेको काम तीव्र गतिमा भइरहेकाे छ ।

वडा अध्यक्ष बनिया भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”

त्यस्तै अघिल्लो कार्यकालमा रहेका अधुरा कामहरु पुरा गर्दै, पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

उहाँले भन्नुभयो, “हामीले नयाँ योजनाका विकास निर्माणका कामहरु उपभोक्ता समिती मार्फत काम सुरु भएको र बाँकी रहेको योजनाहरुलाई अनुभव गरेर टोल विकास र उपभोक्ता समिती मार्फत गर्ने तयारीमा छौँ ।

वडामा शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिदै हाल विकास योजना कामहरु कार्यान्यनका साथै उपभोक्ता समिति गठन भइरहेको उहाँले बताउनुभयो ।

उहाँले कतिपय योजनाहरु सम्झौता भइसकेको र अबको केही समयमा काम पनि सुरु हुने जानकारी दिनुभएको छ ।

वडा अध्यक्ष बनिया भन्नुभयो, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई चौर्तफी विकासमा ध्यान केन्द्रित गर्दै वडाबासीहरुको समस्याहरु समाधानका साथ आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य राखेको छु ।”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon