Share Icon

२६ माघ, काठमाडाैँ । ताप्लेजुङ जिल्लाको पाथिभरा पाङवरक गाउँपालिका वडा नम्बर ६ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नं.६ वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । स्थानिय तहकाे निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष बताउनुभयो ।

ताप्लेजुङ जिल्लाका पाथिभरा पाङवरक गाउँपालिका वडा नंं.६ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष तामाङ।

पछिल्लो समय जिल्ला स्थीत वडा नं.६ पाथिभरा पाङवरक गाउँपालिका ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष जितमान तामाङ अहोरात्र खटिरहनु भएको छ ।

अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । उहाँले जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।
खानेपानि को पाएपहरु ख्रिद प्रक्रिया मा रहेको बताउनु भयको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

वडा अध्यक्ष जीतमान तामाङ भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”

उहाँले भन्नुभयो, “ हामीले वडामा विशेष प्राथमिक्ता शिक्षा र कृषी लाई दिदैँ वडा नम्बर ६ मा यो वर्ष पनि वडावासीहरुको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडामा शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिदै हाल विकास योजना कामहरु कार्यान्यनका साथै उपभोक्ता समिति गठन भइरहेको उहाँले बताउनुभयो ।

उहाँले कतिपय योजनाहरु सम्झौता भइसकेको र अबको केही समयमा काम पनि सुरु हुने जानकारी दिनुभएको छ ।

वडा अध्यक्ष तामाङ भन्नुहुन्छ, “ म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई अरु वडा भन्दा अब्बल बनाउने लक्ष्य राखेको छु ।”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon