Share Icon

२४ माघ, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित गण्डकी गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष सुवास पन्तले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय वडा नम्बर ३ मा विकास निमार्णका कामहरु तीव्र गतिमा अगाडि बढाइरहेको छन ।

उहाँले स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडा नं ३ मा भलायडाँडा पुण्यगाउँ आमडाँडा ठुलोफाँट सडक स्तरोन्नतिको काम भइरहेको समेत अध्यक्ष पन्तले जानकारी दिनुभयाे ।

वडामा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिदै जेष्ठ नागरिकलाई आर्युवेधिक औषधीहरु टोल -टोलमा गएर वितरणा गिररहेकाे साथै शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि विद्यालयसंग समन्वय गरेर कामहरु अगाडि बढाउने योजना रहेको उहाँले प्रष्ट पार्नुभयो ।

महिलाहरुको लागि सिपमुलक तालिमहरुको पनि व्यवस्था गरेका तथा युवाहरूलाई  खेलकुदमा पनि भविश्य सुनिश्चत गर्न सकिन्छ भनेर खेलप्रति प्राेत्साहन स्वरूप  बजेट विनियोजन खेल क्षेत्रमा समेत  गरेको उहाँले अध्यक्ष पन्तले बताउनुभयो । कृषिको क्षेत्रमा मध्यनजर गर्दै कृषिमा आधुनिकीकरण गर्नको लागि योजनाबद्ध तरिकाले अघि बढ्ने वडा अध्यक्ष  पन्तले जानकारी दिनुभयाे ।

विगत तिन वर्ष देखि यस वडामा विद्युत लाईन जोड्न नसकिएकोले खानेपानीको क्षेत्रमा अबरुद्ध आएकोले साथै अहिले बिद्युत ट्रान्सफरको लाईन जोडेर वडाबासीहरुलाई लिफटिङबाट खानेपानी पुराउने काम अन्तिम चरणमा पुगेको वडा अध्यक्ष सुवास पन्तले प्रष्ट पार्नुभयो ।

ट्रान्सफरको लाईन जोडे साथसाथै धान कुट्ने मिल र पिठो पिस्ने मिलको स्थापना  समेत गरेकाे हुनाले स्थानिय बासीलाई केही हदसम्म राहत मिलेकाे अध्यक्ष पन्तले बताउनुभयो ।

त्यस्तै वडामा धेरै योजनाहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि निरन्तर कामहरु अगाडि बढाईरहेको छौ । वडाको समग्र क्षेत्रलाई समेट्दै तीव्र गतिमा कामहरु अगाडि बढाइरहेका छौ ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon