Share Icon

२४ असाेज, काठमाडाैं । फक्ताङलुङ गाउँपालिका पूर्वीनेपालको मेची अञ्चल अन्तर्गत ताप्लेजुङ जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो ।

वि.सं. २०७३ सालमा सघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७ सय ५३ स्थानीय तह लागू गर्दा ताप्लेजुङ जिल्लामा साविकको सात गाउँ विकास समितिहरू सवादिन,खेजनिम, लिङखिम, ईखाबु, तापेथोक, लेलेप र ओलाङचुङगोलालाई समायोजम गरेर फक्ताङलुङ गाउँपालिका बनाइएको हो । फक्ताङलुङ गाउँपालिकाको कुल क्षेत्रफल १८५८.५१ वर्गकिलोमिटर रहेको छ ।

यो गाउँपालिकालाई साविकको प्रत्येक गाविसलाई हाल वडामा विभाजन गरि सोही अनुसार जम्मा सात वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कुल जनसङ्ख्या १२ हजार १७ रहेको छ । यस गाउँपालिकाको सीमाना पूर्वमा ताप्लेजुङ जिल्लाको सिरीजंघा गाउँपालिका, पश्चिममा मिक्वाखोला गाउँपालिका, उत्तरमा चिन तथा दक्षिणमा फुङलिङ नगरपालिकासम्म फैलिएको छ ।

फक्ताङलुङ गाउँपालिका-५ का वडा अध्यक्ष देउ प्रसाद लिम्बुले ५ वर्षभित्रमा निर्वाचन ताका जनताले  गरेका मागकाे ८० प्रतिशत पूरा गर्ने प्रतिवद्धता जनाउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। वर्षाका कारण बिग्रिएका सडहरूकाे मर्मत सम्भारकाे काम भइरहेकाे बताउनुभएकाे । यस वडामा सवारी साधन बाह्रै महिना संचालन भइरहेकाे पनि उहाँले बताउनुभयाे।

स्वास्थ्य संस्थाहरूकाे अवस्था क्रमिक रूपमा सुधार उन्मुख रहेकाे पनि उहाँले जानकारी गराउनुभएकाे छ। सामुदायिक विद्यालकाे शैक्षिक गुणस्तर सुधार उन्मुख रहेकाे पनि उहाँले बताउनुभएकाे छ। कृषि क्षेत्रलाई पहिलाे प्राथमिकता दिएर काम भइरहेकाे पनि उहाँकाे भनाइ छ। तर केही कृषकले भने त्यति चासाे नदिएकाे उहाँकाे भनाइ छ।

खानेपानी सबै वडावासीकाे घरमा पुगेकाे पनि उहाँले जानकारी गराउनुभएकाे छ। माइक्राे हाइड्राेबाट विद्युत वडावासीका घरमा वितरण भएकाे र अपुग भएका केही स्थानमा साेलार वितरण गरेकाे पनि उहाँले बताउनुभयाे। साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे ।

२४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ। यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभएकाे हाे । जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ।

साथै आर्थिक २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ५ लाई पालिकाले ३० लाख बजेट सिलिङ गरेको उहाँले बताउनुभयो। बजेट अभावका कारणले विकास निर्माणका कतिपय याेजनाहरू पूरा हुन नसक्ने पनि उहाँकाे तर्क छ। अन्त्यमा निर्वाचनको समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे पनि अध्यक्ष लिम्बुकाे दावी छ ।

Facebook Comments Box

Share Icon