Share Icon

४ असाेज, काठमाडाैं । शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

देशभरबाट आन्दोलनमा सहभागी हुन शिक्षकहरू काठमाडौं आएका हुन् । उनीहरूले विधेयक सच्चाउन माग गरेका छन् । बिहीबार बिहान गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्ता निष्कर्ष विहीन भएको थियो ।

सडकमा घण्टौँ जाम भएपछि नागरिक समस्यामा परेका छन् । काठमाडौंको माइतीघर बानेश्वर सडकमा हजारौं शिक्षकहरूले प्रदर्शन थालेपछि उपत्यकाको सवारी प्रभावित बनेका छ ।

 

Facebook Comments Box

Share Icon